Our Tourism

Wednesday, June 22, 2016

‘टुरिज्म हव’ बन्दै सवारीकोट


2दाङको लक्ष्मीपुर गाविस वडा नं. ५ को सवारीकोट ‘टुुरिज्म हव’को रुपमा विकास हुुँदै गएको छ । समुन्द्री सतहबाट १ हजार ८ सय मिटरभन्दा बढी उँचाइमा रहेको सवारीकोटमा अहिले दैनिकजसो त्यहाँको र त्यस ठाउँबाट देख्न सकिने दृश्य अवलोकनका लागि मानिसहरु जाने गर्दछन् ।
यसको उत्तर–पूर्वमा जसपुुरकोट, दक्षिण–पश्चिममा पौवाकोट, पश्चिममा जंगल र सिस्नेखोला तथा दक्षिणमा जंगल र तारकेनी बस्ती अवस्थित छ । यस ठाउँबाट दाङका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ भने विभिन्न हिमालहरु समेतको दृश्यावलोकन गर्न सकिन्छ ।
सदरमुकाम घोराहीबाट उत्तर–पूर्व १२ किलोमिटरको दूरीमा रहेको सवारीकोट जिल्लाकै ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र हो । सवारीकोट प्राचीन राजनीतिक इतिहास बोकेको क्षेत्र पनि हो ।
यसको प्राचीन राजनीतिक पृष्ठभूमि कोट्याउने हो भने दाङको थारु राज्य, छिल्लीकोटे राजा, बझाङ तथा उदयपुुर राज्यहरुसँग सम्बन्ध रहेको पाइन्छ । कुुनै समयमा यस क्षेत्रमा मणि पाण्डे र उनका सुपुत्र रतन पाण्डे (रत्नपरीक्षक) राजा भएको चर्चामा आउने गर्दछ । अहिले पनि सवारीकोटको उत्तर–पूूर्वमा रहेको जसपुरकोटमा दरबारका अवशेषहरु फेला पर्ने गरेको पाइन्छ ।
यस क्षेत्रमा अहिले पनि २५ बिघाभन्दा बढी क्षेत्रफल भएको खुल्ला चौर रहेको छ । रत्नपरीक्षकका पालामा दाङका थारु राज्यहरुमाथि आक्रमण गरी सवारीकोटे राजाले आफूमाथि मिलाएको भनिन्छ ।
त्यस्तै यो क्षेत्रमा नमूूना मगरग्राम, मनकामना गोरखनाथको मन्दिर, प्याराग्लाइडिङ र जिल्लाका विभिन्न क्षेत्रको दृश्यावलोकन गर्नका लागि पनि महत्वपूूर्ण क्षेत्रको रुपमा लिइन्छ । अहिले जिल्ला विकास समितिले नमूूना मगरग्रामलाई विकास गर्नेतर्फ बढी चासो देखाएको छ ।
paraglaiding4सवारीकोटबाट विभिन्न ठाउँका प्याराग्लाइडिङ पाइलटहरुले थुुप्रै पटक सफल प्याराग्लाइडिङ उडान भरिसकेका छन् । विशेषगरी प्याराग्लाइडिङका लागि उपयुुक्त क्षेत्र मानिएको जसपुर डाँडालाई निकट भविष्यमा प्याराग्लाइडिङ स्पटको रुपमा विकास गर्न जिल्लाका सरकारी निकाय, गैरसरकारी निकाय र स्थानीयबासीको भनाई छ ।
सर्वप्रथम २०५० सालमा एक जर्मन नागरिकले जसपुुुरकोटबाट प्याराग्लाइडिङको सफल उठान गरेर लक्ष्मीपुरको भकारेडाँडामा ओर्लेका थिए ।
विगत एक–दुई वर्षयता सो क्षेत्रको विकासका लागि विभिन्न प्रयासहरु थालिएका छन् । उक्त क्षेत्रमा अधिकांश मगर जातिको बसोबास भएकाले यसलाई मगरग्रामको रुपमा विकास गर्न सके सबैभन्दा छिटो समयमा पर्यटन क्षेत्रको रुपमा विकास हुने स्थानीयको भनाइ छ । सो स्थानमा भ्यूटावर निर्माण गर्न सके दाङको सदसमुुकाम, देउखुुरी उपत्यका लगायतका क्षेत्रहरु अवलोकन गर्न सकिनेछ ।

सवारीकोट पुग्न सदरमुकाम घोराहीबाट दुुई/तीन घण्टाको पैदलयात्रामा पुुग्न सकिने भएकाले ट्रेकिङ मार्ग निर्माण गर्न जरुरी रहेको देखिन्छ । त्यस्तै, त्यस क्षेत्रमा मोटरबाटो विस्तार एवं स्तरोन्नति गर्नुका साथै बिजुली, खानेपानी लगायतका महत्वपूर्ण आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गर्न जरुरी देखिन्छध्र यी सबै पूर्वाधारको विकास गर्न सके सवारीकोट जिल्लाकै नमूना पर्यटकीय गन्तव्य बन्न सक्छ ।

No comments:

Post a Comment