Our Tourism

Wednesday, June 22, 2016

धार्मिक पर्यटकीय गन्तव्य छायाँक्षेत्र


6ayakshetra mandir
सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाँक्षेत्र धार्मिक पर्यटनको गन्तव्य हो । दाङको घोराहीदेखि करीब ७० किलोमिटर सडक दूरीमा अवस्थित छायाँक्षेत्र मोक्षप्राप्ति गर्ने पूूण्यभूूमि भएको धार्मिक विश्वास छ । धार्मिक पीठको नामले चर्चित छायाँक्षेत्र सल्यान सदरमुुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूूर्वमा पर्दछ । सल्यानको शारदा नदीको पूूर्वतिर अवस्थित छायाँक्षेत्र धार्मिक हिसाबले जतिसुकै महत्व भए पनि प्रचारप्रसार हुुन नसक्दा पर्यटन प्रवद्र्धन हुुन सकेको छैन ।
छायाँक्षेत्र आफै छायाँमा परेको छ यतिबेला । सरकारी तहबाट केही प्रवद्र्धनात्मक काम भए पनि पर्याप्त भने हुुनसकेको छैन । न्यूूनतम पूूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयबाट हालसम्म १५ लाख रुपैयाँ, भू–संरक्षण कार्यालयबाट एक लाखको सहयोगमा मन्दिर परिसर ढलान गर्ने र अंग पतन भएको शीलाको संरक्षण गर्ने काम भएको छ । त्यसैगरी मन्दिरमा खानेपानीको व्यवस्थाका लागि जिविस सल्यानबाट दुई लाख सहयोग प्राप्त भए पनि मन्दिरसम्म पुुग्ने सडकको अवस्था कमजोर भएको स्थानीयले बताएका छन् ।
chhhaya 3धार्मिक आस्थाको केन्द्र छायाँक्षेत्रमा काठमाडौं, दाङ, नेपालगञ्ज, बुुटवल र छिमेकी जिल्लाबाट भ्रमण गर्ने गरेको स्थानीय मानसिंह रोका बताउँछन् । उनका अनुुसार टाढा–टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतको राम्रो व्यवस्था हुुनसकेको छैन । यसको प्रचारप्रसार हुुन सके धेरै दर्शनार्थी आउने उनको अपेक्षा छ ।
धार्मिक आस्थाको केन्द्र छायाँक्षेत्रको प्रवद्र्धनात्मक काम खासै हुुन सकेका छैनन् । अर्काेतिर ओझेलमा परेका यस्ता आस्था केन्द्रहरुको बजारीकरण गर्न नसकिदा सुुनसान जस्तै बनेको छ छायाँक्षेत्र । यसको महत्वलाई बजारीकरण गर्न सके मोक्षभूूमिप्रति आम हिन्दू धर्मावलम्बीलाई भित्र्याउन सकिन्छ । यद्यपि हालसम्म स्थानीय निकायदेखि निजी क्षेत्र अनि स्वयं सरकारले पनि गम्भीररुपले ध्यान नदिएको स्थानीयहरुको ठम्याई छ ।
धार्मिक महत्वको क्षेत्र छायाँक्षेत्रको अन्य कुुनै आम्दानी छैन । वर्षमा एकदिन लाग्ने मेला र अन्य समयमा आउने दर्शनार्थीले चढाएको भेटीबाट मन्दिर व्यवस्थापन गरिएको छ । वार्षिक औसतमा ७० हजारजतिको आम्दानीले जेनतेन मन्दिर सञ्चालन गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ । विशेष गरी यहाँ शिवरात्रिको बेलामा ठूूलो मेला लाग्ने गर्दछ । ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्रसम्म पुुग्ने कच्ची बाटो २०६५ सालमा नागा बाबा प्रेम गिरीले निर्माण गरेका हुुन् । मन्दिरसम्म पुुग्न कच्ची बाटोको स्तरोन्नति हुुन नसक्दा दर्शनार्थीलाई असहज भएको छ ।
chhaya6etra 1नागा बाबाले २०३७ सालमा मन्दिरको जिर्णाेद्वार गरेका हुुन् । मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूूमिमा कालआदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ–जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं–त्यहीं पीठ उत्पन्न हँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ । मन्दिर परिसरको उत्तरतिर एउटा ठूूलो शीला छ, जहाँ सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।

पौराणिक कथाअनुुसार सतीदेवीको पहिलो शरीर गुुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ–जहाँ अंग पतन भए, त्यहाँ सबै पूण्यभूूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने पूूण्यभूूमि भएको पुुुजारी चूडामणि न्यौपाने बताउँछन् । उनका अनुुसार धार्मिक आस्थाको पूण्यभूूमिको दर्शन गरे मोक्ष प्राप्त हुुने धार्मिक विश्वास रहेको पुजारी चूडामणि न्यौपानेको तर्क छ । धार्मिक पर्यटनको बेजोड सम्भावना भएको छायाक्षेत्रको प्रवद्र्धन गर्न सकेमा सल्यानको पर्यटन विकास गर्न सकिन्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ । मूलतः प्रचारप्रसारलाई बढावा दिन सके धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । ऐतिहासिक धार्मिक हिसाबले पुुरानो मोक्षभूूमि प्रवद्र्धनको अभावमा ओझेलमा परेको हो ।

No comments:

Post a Comment