समृद्ध मध्यपश्चिम : स्वर्गको टुक्रा सुन्दर रारा
preeti to unicode or unicode to preeti convet नेपालको सबैभन्दा ठूलो तालमात्र नभएर विश्वमा एक मात्र स्थान हो स्नो टाउट प्रजातिको माछा पाइने स्थल रारा । प्रकृतिको अनुपम उपहारका रुपले भरिएकाले होला राराका बारेमा राजा महेन्द्रले कविता नै रचे ।
अहिले सबै नेपाली पुग्न चाहने स्थलमध्ये एक हो । वरिपरि जंगलको बीचमा समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा तालमा विश्वमै कहिं पनि नभेटिने स्नो टाउट प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो रङ्ग दिने गर्दछ ।
नेपालको सबैभन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ । मुगु जिल्लालाई सडकले छोएपछि रारामा आन्तरिक पर्यटकको निकै आगमन भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भोगेन्द्र रायमाझी बताउँछन् ।
रारामा पुग्नका लागि ताल्चा विमान स्थलमा नियमित उडान हुने हो भने हवाई मार्ग भएर आउने पर्यटकको पनि बृद्धि हुने बताउँछन् पर्यटन व्यवसायीहरु ।
कसरी पुग्ने ?
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापश्चात् पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल दुरीपश्चात् रारा ताल पुग्न सकिन्छ ।
सुर्खेतदेखि दुई दिनको बस यात्रापश्चात् पुग्न सकिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ राराताल ।




No comments:
Post a Comment