Our Tourism

Monday, June 27, 2016

सुन्दर रारा

समृद्ध मध्यपश्चिम : स्वर्गको टुक्रा सुन्दर रारा


Rara (1)preeti to unicode or unicode to preeti convet 
नेपालको सबैभन्दा ठूलो तालमात्र नभएर विश्वमा एक मात्र स्थान हो स्नो टाउट प्रजातिको माछा पाइने स्थल रारा । प्रकृतिको अनुपम उपहारका रुपले भरिएकाले होला राराका बारेमा राजा महेन्द्रले कविता नै रचे ।
अहिले सबै नेपाली पुग्न चाहने स्थलमध्ये एक हो । वरिपरि जंगलको बीचमा समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा तालमा विश्वमै कहिं पनि नभेटिने स्नो टाउट प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो रङ्ग दिने गर्दछ ।
नेपालको सबैभन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ । मुगु जिल्लालाई सडकले छोएपछि रारामा आन्तरिक पर्यटकको निकै आगमन भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भोगेन्द्र रायमाझी बताउँछन् ।
रारामा पुग्नका लागि ताल्चा विमान स्थलमा नियमित उडान हुने हो भने हवाई मार्ग भएर आउने पर्यटकको पनि बृद्धि हुने बताउँछन् पर्यटन व्यवसायीहरु ।
कसरी पुग्ने ?
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापश्चात् पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल दुरीपश्चात् रारा ताल पुग्न सकिन्छ ।
सुर्खेतदेखि दुई दिनको बस यात्रापश्चात् पुग्न सकिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ राराताल ।
rara_1
Rara_3
Rara (4)

Rara_2

सुन्दर रारा

समृद्ध मध्यपश्चिम : स्वर्गको टुक्रा सुन्दर रारा


Rara (1)preeti to unicode or unicode to preeti convet 
नेपालको सबैभन्दा ठूलो तालमात्र नभएर विश्वमा एक मात्र स्थान हो स्नो टाउट प्रजातिको माछा पाइने स्थल रारा । प्रकृतिको अनुपम उपहारका रुपले भरिएकाले होला राराका बारेमा राजा महेन्द्रले कविता नै रचे ।
अहिले सबै नेपाली पुग्न चाहने स्थलमध्ये एक हो । वरिपरि जंगलको बीचमा समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा तालमा विश्वमै कहिं पनि नभेटिने स्नो टाउट प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो रङ्ग दिने गर्दछ ।
नेपालको सबैभन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ । मुगु जिल्लालाई सडकले छोएपछि रारामा आन्तरिक पर्यटकको निकै आगमन भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भोगेन्द्र रायमाझी बताउँछन् ।
रारामा पुग्नका लागि ताल्चा विमान स्थलमा नियमित उडान हुने हो भने हवाई मार्ग भएर आउने पर्यटकको पनि बृद्धि हुने बताउँछन् पर्यटन व्यवसायीहरु ।
कसरी पुग्ने ?
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापश्चात् पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल दुरीपश्चात् रारा ताल पुग्न सकिन्छ ।
सुर्खेतदेखि दुई दिनको बस यात्रापश्चात् पुग्न सकिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ राराताल ।
rara_1
Rara_3
Rara (4)

Rara_2
प्रिय छोरीहरु आशिका तथा आरूषि,
धेरै धेरै माया र प्रेम अनि सम्झना ।
छोरीहरु, विशेष, तिमीहरुको सम्झनाले सताएकाले अस्पतालको बेडबाट यो चिठी लेख्दैछु । मैले गर्ने माया र ममता यो चिठीको पानामा कोरेर व्यक्त गर्न त्यति शब्दहरु पनि छैनन् । लेख्न पनि सक्दिनँ । यो मायालाई नाप्ने यत्रो यन्त्र बनेको छैन, नभए यति केजी छ भनेर पठाउँथेँ । जे होस्, तिमीहरुप्रति मेरो धेरै माया छ ! प्रेम छ र शुभकामना छ ।
तिमीहरुलाई राम्रो गार्जियनसीप दिएर समाजका राम्रा, सहयोगी, सुशील तथा देश र जनताप्रति बफादार नागरिक बनाउने अनि नारी सशक्तीकरणका लागि अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो ! चाहे त्यो डाक्टर भएर होस्, चाहे इन्जिनियर भएर वा हाउसवाइफ नै भएर किन नहोस् । तर, दैवको लीला, छोरीहरु, तिमीहरुलाई मेरो रोगबारे त्यति थाहा छैन । जे थाहा छ, मलाई क्यान्सर भएको भन्ने आशिकालाई थाहा छ । तर, यसको अन्तबारेमा तिमीलाई पनि थाहा छैन । शायद थाहा पाउनुअगाडि नै मैले यो संसार छाडिसकेको हुनेछु ।
Doctor-Chitra,-Chitra-Wagleछोरीहरु, मान्छेले जन्मेपछि अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । त्यस्तै, म पनि । तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ । तिमीहरुलाई सधैँ सहायता गर्ने तिम्री आमा रहनेछिन् अनि तिम्रा हजुरबुवा र हजुरआमाले साथ दिनुहुनेछ । उहाँहरुको सुझाव र सल्लाह सधैँ मान्नू ।
जीवनमा आफ्नो उद्देश्यप्रति लागिपरेर त्यो पूरा गर्नू । बाबुको अभाव कहिल्यै महसुस नगर्नू । तिमीहरुलाई सहयोग र साथ दिन बोल्ड हृदय भएकी आमा छिन् । उनको कुरा सधैँ शिरोपर गर्नू ! पालना गर्नू । उनका वचनहरु तिमीहरुका लागि मार्गदर्शन हुनेछन्, नानीहरु ! तिमीहरुले एउटा अपाङ्ग बच्चाको (दाइको) पनि रेखदेख गर्नू, जसलाई सहयोगको आवश्यकता छ ।
प्रिय छोरीहरु, हामीले छोरा र छोरीमा भेद गरेनौँ । यो तिमीहरुलाई थाहा छ । तिमीहरु आमाको गर्भमा हुँदा नै मलाई तिमीहरु छोरी हौ भन्ने थाहा थियो । ‘यो पुरूषप्रधान देशमा छोरा चाहिन्छ, यसलाई गर्भपतन गरा’ भन्ने मान्छे तथा इष्टमित्रहरु धेरै थिए । तर, म र तिम्री आमाले छोरा र छोरीमा कुनै भेदभावको अनुभूति नगरी तिमीहरुलाई जन्मायौँ, हुर्कायौँ । तिमीहरु हाम्रो लागि छोरासरहका हौ । छोरा र छोरी भनेर म र तिम्री आमाले कुनै भेदभाव गर्ने गरेको छैन ।
एउटा चिन्ता छ, तिमीहरुलाई यो समाजको उदाहरण कसरी बनाउने भनेर । अब दुई-चार वर्ष आमाले पढ्न भनेको पनि गाली गरेको झैँ लाग्नेछ । किनकि, पढाइको महत्व तिमीहरुलाई थाहा छैन । तर उमेर बढ्नेछ, तिमीहरु ठूला हुनेछौं । आठ-दश कक्षामा जाँदा पढाइसँगसँगै अन्य कुरामा तिमीहरुको ध्यान जान सक्नेछ ।
तिमीहरुको किशोर अवस्था र वरपरको वातावरण 
प्रिय छोरीहरु, समयले तिमीहरुलाई किशोर अवस्थामा लैजानेछ । तिमीहरुको आवाजदेखि शरीरसम्ममा परिवर्तन आउनेछ । तिमीहरुलाई लाजशरम पनि लाग्नेछ । यो परिवर्तनलाई लुकाउन सक्नेछैनौ । यो सँगसँगै तिमीहरुको भित्री स्वभावमा परिवर्तन आउनेछ । केटाको केटीप्रति, केटीको केटाप्रति आकर्षण बढ्ने समय आउनेछ । यो स्वाभाविक पनि हो । तर, धेरैले यही उमेरमा आफ्नो भविष्य बिगारेका कैयौँ उदाहरणहरु छन् । त्यसैले यसबाट सतर्क रहनू । यस परिस्थितिमा तिमीहरु बिग्रनेछैनौ । आफ्नो पढाइ र चरित्रलाई सधैँ ख्याल गर्नेछौ । बाबाको इज्जत राख्नेछौ । यही स्कुल अवधिमा पढाइका साथै एक्स्ट्रा एक्टिभिटिजमा भाग लिनेछौ । राम्रो नृत्य सिक्नेछौ । जो मेरा छोरीहरु नाचेको हेर्न चाहन्छन् र चाहन्थे, स्कुलमा मेरा छोरीहरु सारै राम्रा, परिश्रमी, मेहनती छन् भन्ने देख्न चाहन्थे, तिनीहरुको यो इच्छा शायद पूरा गराउनेछौ ।
तिमीहरुको भविष्य
एसएलसीलाई आइरन गेट भन्ने गर्छन् । मेरा छोरीहरु, यो गेट इजिली पास गर्नेछौ । मेरो चाहना छ, तिमीहरु राम्रो बुद्धि लिएर यो गेटबाट निस्कनेछौ । तिमीहरुको आआफ्नो इच्छा होला के बन्ने भन्नेमा । जे बन, त्यसमा मेरो कुनै गुनासो रहनेछैन । तर, तिमीहरु समाजको असल मान्छे बन । समाजले तिमीहरुको उदाहरण देओस् । डाक्टर, इन्जिनियर, अफिसर, पत्रकार या हाउसवाइफ जे बने पनि बन, तर राम्रो मान्छे बन । तिमीहरु आफ्नो पेशामा राम्रो मान्छे भएनौ भने डाक्टर, इन्जिनियर वा राजनीतिज्ञ बने पनि समाजबाट केही पाउनेछैनौ । त्यसैले असल मान्छे बन्नू । तिमीहरु आफैँ नारी भएकोले नारी सशक्तीकरणमा तिमीहरुको ठूलो हात रहोस् । किनकि, नेपालमा नारीहरु पुरूषको दाँजोमा अझ कमजोर नै छन् ।
मेरा छोरीहरु, स्वास्थ्य सेवा अहिले व्यापारीकरण भइसकेको छ । तिमीहरुको पालामा झन् यसले ठूलो विकृतिको रुप लिइसकेको हुनेछ । ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा
नानीहरु, म डाक्टर भएकाले के अनुभव छ भने, यो क्षेत्रमा धेरै कठिनाइ भए पनि इमानदार भएर काम गर्ने हो भने जनताको सेवा पनि हुन्छ अनि इज्जत र सम्मान पनि पाइन्छ । तिमीहरुको बाबा डाक्टर भएर समाजसेवामा लाग्यो । तर, केही सपना अधुरै रहने भए, जसलाई तिमीहरुले साकार पार्नेछौ । तिमीहरुले दीनदुःखीको सेवामा जीवन समर्पित गर्नेछौ, ता कि तिमीहरुको उपस्थितिमा असहाय, गरीब तथा सबै थरीका मान्छे खुशी होऊन् । सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो, नानीहरु ! यस्तो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । यो त मन जितेर लिने कुरा हो ।
तिमीहरुले चिकित्सा सेवाबाट वञ्चित रहेको समाजमा गएर सेवा गर्नू । शहरमा त जोकोही बसेर सेवा दिइरहेका हुन्छन्, तर दुर्गम र विकटमा कोही जान चाहँदैनन् । मेरा छोरीहरु, स्वास्थ्य सेवा अहिले व्यापारीकरण भइसकेको छ । तिमीहरुको पालामा झन् यसले ठूलो विकृतिको रुप लिइसकेको हुनेछ । ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । गरीब अझ गरीब हुनेछन् । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।
तिमीहरुको यौवन, विवाह र दाम्पत्य जीवन 
प्रिय छोरीहरु, समयले कसैलाई पर्खेर बस्दैन । समयसँगै तिमीहरु किशोर अवस्था पार गरेर युवावस्थामा जानेछौ । यो परिवर्तन तिमी-हामीले रोकेर रोकिनेछैन । पढाइको क्रम सकिएर वा हाइयर एजुकेसन लिइरहेको बेला तिमीहरुलाई कुनै साथी मन पर्ला, जोसँग जिन्दगी राम्रो हुनेछ भन्ने सोच्नेछौ । त्यो नराम्रो कुरा पनि होइन । म जीवित भएको भए पनि स्वीकार गर्ने थिएँ । त्यसलाई तिम्रो बाबाले कहिल्यै अन्यथा लिने थिएन । तर समय खराब छ । तिम्रो जीवनसाथी त्यस्तो हुनुपर्छ जसले तिमीलाई बुझ्न सकोस् तिमीले उसलाई बुझ्न सकौ । फ्युचरको प्लान मिलेको होस् । जीवनभरि एकले अर्कालाई दुःख र सुखमा साथ दिन सकौ । विवाह कोसँग गर्ने भनेर चयन गर्ने अधिकार तिमीहरुमा हुनेछ । निर्णय धेरै सोचविचारबाट गर्नू । प्यार गर्नु नराम्रो कुरा होइन । त्यसलाई माया गर्नु जसबाट बाँकी जीवन सुखमय होस् ।
हेर न, तिमीहरुकी ममी र मैले लभ म्यारिज सीडीओ कार्यालयमा गरेका हौँ । हामीले एकअर्कालाई खोजेका हौँ । दुर्भाग्य, मैले उनलाई लामो समय साथ दिन सकिनँ ।
जे होस्, तिमीहरुले हाम्रो च्वाइसमा पनि थोरै ध्यान दिनेछौ । परिवारको सल्लाहलाई पनि नजरअन्दाज गर्नेछैनौ । मेरो मतलब, तिमीहरुले आफ्नो मायालाई कुर्बानी दिनुपर्छ भन्ने होइन । इच्छा, चाहना, आकाङ्क्षा अनुसार चल्नू । तिमीहरुको मनले जे राम्रो मान्छ त्यसलाई मान्नू, तर समाजलाई अपच हुने कुरा नगर्नू । किनकि, बस्नु यही समाजमा छ ।
तिमीहरु ठूला हुने बेलासम्म यो समाज धेरै परिवर्तन भइसक्नेछ । मेरा छोरीहरु, तिमीहरु यो समाजको रुढिवादलाई पछि पार्दै आधुनिक समाजमा उदाहरण बन्नेछौ । जसरी हामीले पनि आफ्नो पालामा सीडीओको अफिसमा गएर विवाह गरेका थियौँ, दाइजो र जन्ती लगेर, ठूलो भतेर गरेका थिएनौँ । हाम्रो विवाहमा पार्टी भएको थिएन । यसबाट मेरा इष्टमित्रहरु खुशी थिएनन् । तर, समयसँगै सबै ठीक भएर गयो ।
छोरीहरु, यो कुरा मैले किन लेखेको भने, तिमीहरु यो उमेरमा पुग्नुभन्दा धेरै अघि मैले यो धरतीलाई छाडिसकेको हुनेछु ।
तिमीहरुलाई माया गर्ने,
बाबा

विशिष्ट पदमा पुग्दैमा राज्यलाई दुहिरनुपर्छ भन्ने छैन । बरु सकिन्छ भने दिए हुन्छ । किनकि, हामी गरिब छौं । http://bit.ly/28Y8cPM

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवलाई भाडाबाट हटाइदिन घरधनीले अदालत गुहारेका छन्। यादव कार्यकाल सकिएपछि आफ्नै घरटोलमा भाडामा बसेका छन्। सरकारले त्यसको भाडा तिरिदिएको छैन। तिर्न कानुन पनि छैन। अर्कातिर पूर्वउपराष्ट्रपति परमानन्द झा बस्न त आफ्नै घरमा बसेका छन्, तर राज्यले सेवा–सुविधा दिएन भनेर बिलौना गरिरहेका छन्। सरकारले गतिलो भाडाको घरमा राखिदियोस्, आफ्नो घर भाडामा लाउन पाइयोस्, गाडी, चालक, केही कर्मचारी र सुसारेहरू उपलब्ध गराओस् भन्ने उनको पनि चाहना छ।
हो, उनीहरूलाई राज्यले हेर्नुपर्छ। उनीहरूले पनि राज्यलाई हेर्नुपर्छ। राज्यसँग माग्नु अधिकार हो। राज्यलाई दिनु कर्तव्य। कर्तव्यभन्दा अधिकार ठूलो ठान्नु नागरिक धर्म होइन। आफूसँग हुँदाहुँदै देशबाट पनि लिन चाहने त पुराना राजा–महाराजाहरू हुन्। जनताका सन्तान राज्यबाट आस गर्दैनन्। त्यसैले शासन व्यवस्था बदल्न जनताले लामो संघर्ष गरेका हुन्। त्यो पूर्वविशिष्टहरूले बुझ्नुपर्छ। राज्यले कानुन बनाएर व्यवस्थित नगरुन्जेल धैर्य गर्न सक्नुपर्छ। यससम्बन्धी कानुन ल्याउने पटक–पटक पहल भएको छ। बाबुराम भट्टराई, सुशील कोइराला हुँदै वर्तमान केपी ओली सरकारले तेस्रो झड्का यसलाई अघि बढाएको छ। देशको अवस्थालाई ध्यान दिएर यस्ता कानुन ल्याउनु हुँदैन, अर्थात् हरेक पूर्वविशिष्टलाई विलासी सुविधा दिनु आवश्यक छैन भन्ने पनि धेरै छन्। दिनुपर्छ भन्ने तर्क गर्ने पनि उत्तिकै छ।

Wednesday, June 22, 2016

धार्मिक पर्यटकीय गन्तव्य छायाँक्षेत्र


6ayakshetra mandir
सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाँक्षेत्र धार्मिक पर्यटनको गन्तव्य हो । दाङको घोराहीदेखि करीब ७० किलोमिटर सडक दूरीमा अवस्थित छायाँक्षेत्र मोक्षप्राप्ति गर्ने पूूण्यभूूमि भएको धार्मिक विश्वास छ । धार्मिक पीठको नामले चर्चित छायाँक्षेत्र सल्यान सदरमुुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूूर्वमा पर्दछ । सल्यानको शारदा नदीको पूूर्वतिर अवस्थित छायाँक्षेत्र धार्मिक हिसाबले जतिसुकै महत्व भए पनि प्रचारप्रसार हुुन नसक्दा पर्यटन प्रवद्र्धन हुुन सकेको छैन ।
छायाँक्षेत्र आफै छायाँमा परेको छ यतिबेला । सरकारी तहबाट केही प्रवद्र्धनात्मक काम भए पनि पर्याप्त भने हुुनसकेको छैन । न्यूूनतम पूूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयबाट हालसम्म १५ लाख रुपैयाँ, भू–संरक्षण कार्यालयबाट एक लाखको सहयोगमा मन्दिर परिसर ढलान गर्ने र अंग पतन भएको शीलाको संरक्षण गर्ने काम भएको छ । त्यसैगरी मन्दिरमा खानेपानीको व्यवस्थाका लागि जिविस सल्यानबाट दुई लाख सहयोग प्राप्त भए पनि मन्दिरसम्म पुुग्ने सडकको अवस्था कमजोर भएको स्थानीयले बताएका छन् ।
chhhaya 3धार्मिक आस्थाको केन्द्र छायाँक्षेत्रमा काठमाडौं, दाङ, नेपालगञ्ज, बुुटवल र छिमेकी जिल्लाबाट भ्रमण गर्ने गरेको स्थानीय मानसिंह रोका बताउँछन् । उनका अनुुसार टाढा–टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतको राम्रो व्यवस्था हुुनसकेको छैन । यसको प्रचारप्रसार हुुन सके धेरै दर्शनार्थी आउने उनको अपेक्षा छ ।
धार्मिक आस्थाको केन्द्र छायाँक्षेत्रको प्रवद्र्धनात्मक काम खासै हुुन सकेका छैनन् । अर्काेतिर ओझेलमा परेका यस्ता आस्था केन्द्रहरुको बजारीकरण गर्न नसकिदा सुुनसान जस्तै बनेको छ छायाँक्षेत्र । यसको महत्वलाई बजारीकरण गर्न सके मोक्षभूूमिप्रति आम हिन्दू धर्मावलम्बीलाई भित्र्याउन सकिन्छ । यद्यपि हालसम्म स्थानीय निकायदेखि निजी क्षेत्र अनि स्वयं सरकारले पनि गम्भीररुपले ध्यान नदिएको स्थानीयहरुको ठम्याई छ ।
धार्मिक महत्वको क्षेत्र छायाँक्षेत्रको अन्य कुुनै आम्दानी छैन । वर्षमा एकदिन लाग्ने मेला र अन्य समयमा आउने दर्शनार्थीले चढाएको भेटीबाट मन्दिर व्यवस्थापन गरिएको छ । वार्षिक औसतमा ७० हजारजतिको आम्दानीले जेनतेन मन्दिर सञ्चालन गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ । विशेष गरी यहाँ शिवरात्रिको बेलामा ठूूलो मेला लाग्ने गर्दछ । ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्रसम्म पुुग्ने कच्ची बाटो २०६५ सालमा नागा बाबा प्रेम गिरीले निर्माण गरेका हुुन् । मन्दिरसम्म पुुग्न कच्ची बाटोको स्तरोन्नति हुुन नसक्दा दर्शनार्थीलाई असहज भएको छ ।
chhaya6etra 1नागा बाबाले २०३७ सालमा मन्दिरको जिर्णाेद्वार गरेका हुुन् । मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूूमिमा कालआदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ–जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं–त्यहीं पीठ उत्पन्न हँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ । मन्दिर परिसरको उत्तरतिर एउटा ठूूलो शीला छ, जहाँ सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।

पौराणिक कथाअनुुसार सतीदेवीको पहिलो शरीर गुुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ–जहाँ अंग पतन भए, त्यहाँ सबै पूण्यभूूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने पूूण्यभूूमि भएको पुुुजारी चूडामणि न्यौपाने बताउँछन् । उनका अनुुसार धार्मिक आस्थाको पूण्यभूूमिको दर्शन गरे मोक्ष प्राप्त हुुने धार्मिक विश्वास रहेको पुजारी चूडामणि न्यौपानेको तर्क छ । धार्मिक पर्यटनको बेजोड सम्भावना भएको छायाक्षेत्रको प्रवद्र्धन गर्न सकेमा सल्यानको पर्यटन विकास गर्न सकिन्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ । मूलतः प्रचारप्रसारलाई बढावा दिन सके धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । ऐतिहासिक धार्मिक हिसाबले पुुरानो मोक्षभूूमि प्रवद्र्धनको अभावमा ओझेलमा परेको हो ।

पर्यटकीय गन्तव्य बन्दै बाह्रकुने


DSC08884विगत २० वर्षसम्म प्रायः सुनसान देखिने बाह्रकुने दह अहिले पर्यटकीय गन्तव्य बन्दैछ । प्राकृतिकरुपमा मनमोहक देखिने बाह्रकुने ताल र त्यस वरिपरिको वातावरणले जोसुकैलाई पनि लोभ्याउँछ ।
विगत केही वर्षदेखि त्यस क्षेत्रको विकासका लागि राज्यको तर्फबाट चासो बढ्दै गएपछि बाह्रकुने दह क्षेत्रको प्रवद्र्धनको काम अगाडि बढ्दै गएको छ ।
ताललाई फराकिलो बनाइनु, मन्दिर वरिपरि सिँढी निर्माण हुनु, दहमा डुंगाको व्यवस्था गरिनु, पिकनिक स्पट निर्माण हुनु, खानेपानीको उचित व्यवस्थापन हुनुले त्यहॉ आन्तरिक तथा बाह्य पर्यटकहरुको बृद्धि हुँदै गइरहेको छ ।
धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिदै आएको बाह्रकुने दहले पछिल्लो समयमा पर्यटकीयस्थलको रुपमा आफ्नो परिचय दिन थालेको छ । हरेक वर्षको मकर संक्रान्ति (माघ १ गते) मा मेला लाग्छ । त्यतिबेला हजारौं दर्शनार्थीको उपस्थिति हुने गर्छ ।
चाडपर्वका बिदा र अन्य सार्वजनिक बिदाका दिनहरुमा अढाई सय पर्यटकहरु प्रकृति अवलोकन गर्नुका साथै डुंगामा सवार भई मनोरञ्जन लिने गर्छन् ।
DSC08885विशेष अवसरमा धार्मिक पर्यटकहरु आएर पूजाआजा गर्नुका साथै केही समयका लागि आफ्ना दुःख पीडा बिसाएर जान्छन् । खास दिनबाहेक अन्य दिनहरुमा पनि दैनिक दुई दर्जन बढी दर्शनार्थीहरुको उपस्थिति हुन्छ । बराह क्षेत्रको विकासका लागि बराह क्षेत्र संरक्षण सम्वद्र्धन समिति पनि गठन गरिएको छ । जसले त्यहाँको सम्पूर्ण व्यवस्थापन हेर्ने गर्दछ ।
समितिका अध्यक्ष टेमन बुढा यस क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालय, जिल्ला विकास समिति, घोराही नगरपालिका, भौतिक निर्माण तथा शहरी विकास कार्यालयजस्ता निकायहरुले आर्थिक सहयोग गरेको बताउनुहुन्छ ।
यस वर्ष पनि खहरे नियन्त्रणको काम गर्ने योजना छ । दहको दक्षिणतर्फ बराहको मुख्य मन्दिर, गणेश मन्दिर र विष्णु मन्दिर निर्माण भएका छन् भने दहभित्रको सानो टापुमा बाराहीदेवी मन्दिर निर्माण भएको छ । त्यहॉ पुग्न डुंगा चढ्नुपर्छ ।
barhakune dahaपर्यटकहरुको मनोरञ्जनका लागि काठका दुुईवटा डुंगाको व्यवस्था गरिएपछि थप आकर्षण बढेको अध्यक्ष बुढा बताउनुहुन्छ ।
दहदेखि उत्तरपूर्वमा दुईवटा शिव मन्दिर छन् । नजिकै विष्णु पाञ्चायन मन्दिर र धर्मशाला छ, जो स्वर्गीय प्रेमलाल पाण्डेले निर्माण गरिदिनुभएको हो । पर्यटकहरुका लागि पक्की धर्मशालाको व्यवस्था गरिएको छ भने खानपिनका लागि नजिकै होटल खुलिसकेका छन् ।
बराह मन्दिरमा सन्तान प्राप्तिका लागि बर माग्न आउने र सन्तान प्राप्तिपछि भेडाको बलि दिने प्रचलनअनुसार यहाँ वर्षेनी हजारौं भेडाको बलि दिइन्छ ।
कर्णाली प्रदेशबाट आएका बाह्र भाइ बराहमध्ये कैलु बराहको बासस्थान मानिने यो दह एकै रातमा उत्पत्ति भएको किंवदन्ती छ ।
ताल भएको ठाउमा पहिले बस्ती रहेको र बराह त्यहॉ आई यो ठाउ‘मा ताल उत्पत्ति हुन्छ, तिमीहरु अन्यत्र सर भनेका र सोही राति ताल उत्पत्ति भएको जनश्रुति छ ।

बराहले मगर समुदायकी छोरी विवाह गरेका कारण बराहको पुजारी मगर नै हुनुपर्छ भन्ने परम्पराअनुसार बराह मन्दिरका पुजारी पनि मगर समुदायका रहने गरेका छन् ।

‘टुरिज्म हव’ बन्दै सवारीकोट


2दाङको लक्ष्मीपुर गाविस वडा नं. ५ को सवारीकोट ‘टुुरिज्म हव’को रुपमा विकास हुुँदै गएको छ । समुन्द्री सतहबाट १ हजार ८ सय मिटरभन्दा बढी उँचाइमा रहेको सवारीकोटमा अहिले दैनिकजसो त्यहाँको र त्यस ठाउँबाट देख्न सकिने दृश्य अवलोकनका लागि मानिसहरु जाने गर्दछन् ।
यसको उत्तर–पूर्वमा जसपुुरकोट, दक्षिण–पश्चिममा पौवाकोट, पश्चिममा जंगल र सिस्नेखोला तथा दक्षिणमा जंगल र तारकेनी बस्ती अवस्थित छ । यस ठाउँबाट दाङका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ भने विभिन्न हिमालहरु समेतको दृश्यावलोकन गर्न सकिन्छ ।
सदरमुकाम घोराहीबाट उत्तर–पूर्व १२ किलोमिटरको दूरीमा रहेको सवारीकोट जिल्लाकै ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र हो । सवारीकोट प्राचीन राजनीतिक इतिहास बोकेको क्षेत्र पनि हो ।
यसको प्राचीन राजनीतिक पृष्ठभूमि कोट्याउने हो भने दाङको थारु राज्य, छिल्लीकोटे राजा, बझाङ तथा उदयपुुर राज्यहरुसँग सम्बन्ध रहेको पाइन्छ । कुुनै समयमा यस क्षेत्रमा मणि पाण्डे र उनका सुपुत्र रतन पाण्डे (रत्नपरीक्षक) राजा भएको चर्चामा आउने गर्दछ । अहिले पनि सवारीकोटको उत्तर–पूूर्वमा रहेको जसपुरकोटमा दरबारका अवशेषहरु फेला पर्ने गरेको पाइन्छ ।
यस क्षेत्रमा अहिले पनि २५ बिघाभन्दा बढी क्षेत्रफल भएको खुल्ला चौर रहेको छ । रत्नपरीक्षकका पालामा दाङका थारु राज्यहरुमाथि आक्रमण गरी सवारीकोटे राजाले आफूमाथि मिलाएको भनिन्छ ।
त्यस्तै यो क्षेत्रमा नमूूना मगरग्राम, मनकामना गोरखनाथको मन्दिर, प्याराग्लाइडिङ र जिल्लाका विभिन्न क्षेत्रको दृश्यावलोकन गर्नका लागि पनि महत्वपूूर्ण क्षेत्रको रुपमा लिइन्छ । अहिले जिल्ला विकास समितिले नमूूना मगरग्रामलाई विकास गर्नेतर्फ बढी चासो देखाएको छ ।
paraglaiding4सवारीकोटबाट विभिन्न ठाउँका प्याराग्लाइडिङ पाइलटहरुले थुुप्रै पटक सफल प्याराग्लाइडिङ उडान भरिसकेका छन् । विशेषगरी प्याराग्लाइडिङका लागि उपयुुक्त क्षेत्र मानिएको जसपुर डाँडालाई निकट भविष्यमा प्याराग्लाइडिङ स्पटको रुपमा विकास गर्न जिल्लाका सरकारी निकाय, गैरसरकारी निकाय र स्थानीयबासीको भनाई छ ।
सर्वप्रथम २०५० सालमा एक जर्मन नागरिकले जसपुुुरकोटबाट प्याराग्लाइडिङको सफल उठान गरेर लक्ष्मीपुरको भकारेडाँडामा ओर्लेका थिए ।
विगत एक–दुई वर्षयता सो क्षेत्रको विकासका लागि विभिन्न प्रयासहरु थालिएका छन् । उक्त क्षेत्रमा अधिकांश मगर जातिको बसोबास भएकाले यसलाई मगरग्रामको रुपमा विकास गर्न सके सबैभन्दा छिटो समयमा पर्यटन क्षेत्रको रुपमा विकास हुने स्थानीयको भनाइ छ । सो स्थानमा भ्यूटावर निर्माण गर्न सके दाङको सदसमुुकाम, देउखुुरी उपत्यका लगायतका क्षेत्रहरु अवलोकन गर्न सकिनेछ ।

सवारीकोट पुग्न सदरमुकाम घोराहीबाट दुुई/तीन घण्टाको पैदलयात्रामा पुुग्न सकिने भएकाले ट्रेकिङ मार्ग निर्माण गर्न जरुरी रहेको देखिन्छ । त्यस्तै, त्यस क्षेत्रमा मोटरबाटो विस्तार एवं स्तरोन्नति गर्नुका साथै बिजुली, खानेपानी लगायतका महत्वपूर्ण आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गर्न जरुरी देखिन्छध्र यी सबै पूर्वाधारको विकास गर्न सके सवारीकोट जिल्लाकै नमूना पर्यटकीय गन्तव्य बन्न सक्छ ।

पर्यटकीय गन्तव्य कमल दह |


Kamal dahaचारैतिर पहाडले घेरिएको अनि उत्तर पूूर्वतिर सिस्ने हिमालले लुकामारी खेलिरहेको पर्यटकीय गाउँ रुकुुमकोटको बीचैमा एक प्राकृतिक ताल छ– कमल दह । पर्या र साहसिक पर्यटनको हिसाबले निकै महत्व बोकेको कमल दह झण्डै तीन वर्गकिमिमा फैलिएको छ ।
पौराणिक कथाअनुुसार कुुटुन्बुुरीको धार्मिक आस्थाले पनि प्रसिद्धी कमाएको कमल दहको पानी सफा र निलो छ । कतै मुुहान पनि नदेखिने तर पानी सुुकेर पनि नघट्ने कमल दहको अनौठो विशेषता हो । सधैं कञ्चन पानीको छाल अनि गृष्ममा फुल्ने कमलको मनमोहक आकर्षणले पर्यटकको मन लोभ्याउँछ । साहसिक खेल ट्रायोथलनको लागि स्विमिङ, डुङ्गा बिहार गर्न सकिने कमल दह निकै आकर्षक छ ।
दाङको घोराहीदेखि १ सय ३९ किलोमिटरको सडक दुुरीमा पर्ने रुकुुम खलंगा अनि खंलगादेखि पूूर्वतर्फ मध्यपहाडी लोकमार्ग हुुँदै ३० किलोमिटर सडक दुुरी पार गरे पर्यटकीय गाउँ रुकुुमकोट पुुग्न सकिन्छ । समुुन्द्री सतहदेखि झण्डै १ हजार सात सय मिटर उँचाइमा पर्ने रुकुुमकोट सुुन्दर पर्यटकीय क्षेत्र हो । वि.सं. २०१८ देखि २०३० बैशाखसम्म रुकुुमको सदरमुुकामसमेत रहेको रुकुुमकोट ऐतिहासिक स्थल पनि हो । सानीभेरी नदीको दक्षिण पूूर्वतिर अवस्थित रुकुुमकोटमा सात सय वर्ष पहिलेदेखि गौतमहरुले बसोबास गर्दै आएको भनाई छ ।
राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन मध्यपहाडी लोकमार्गले छोएको रुकुुमकोटमा अवस्थित कमल दह पर्या र साहसिक पर्यटनको आकर्षण केन्द्र भएको ट्रायोथलन खेलका लागि रुकुुमकोट पुुगेका ट्रायोथलन प्रशिक्षक दीपक भण्डारीले बताए । पर्यासँगै साहसिक खेल ट्रायोथलन र माउन्टेन बाइकलगायत अन्य साहसिक खेलका लागि कास्कीपछि रुकुुमकोट उपयुुक्त स्थान भएको उनको भनाई छ ।
प्रचार प्रसार र संरक्षणको अभावमा पर्या पर्यटनको आधार कमल दह अझैं बेखबर जस्तै बनिरहेको स्थानीयबासीको भनाई छ । सडक, सञ्चार र विद्युुत अनि घरबास कार्यक्रम व्यवस्थित हुुन नसक्नु र विकासका पूर्वाधारहरुको निर्माण नहुनु यहाँको मुख्य समस्या हो । स्थानीय तहमा जिविसले पर्यटनको लागि निकै सक्रियता देखाए पनि पर्यटनसम्बद्ध निकाय पर्यटन बोर्ड, टान, हानजस्ता संस्थाले रुकुुमको पर्यटन प्रवद्र्धनका लागि चासो नदेखाएको स्थानीयको गुुनासो छ । वर्षातको पानीले माटो बगाएर दहमा जाने र दहमा उम्रने झ्याउ झारले तालको सुन्दरतालाई बिगार्ने गरेको स्थानीय बताउँछन् ।
स्थानीय निकाय जिल्ला विकास समितिको नेतृत्वमा रुकुुमकोट कमलदह महोत्सव गएको बैशाखमा सम्पन्न भएको थियो, महोत्सवको माध्यमबाट रुकुुमकोटको पर्यटन प्रवद्र्धनका लागि पहल गरिएको स्थानीय विकास अधिकारी भरत शर्मा बताउनुुहुुन्छ, स्थानीय निकायको श्रोत साधनबाट ताल संरक्षण, मन्दिरको सम्वद्र्धन र प्रवद्र्धनात्मक कामसंगै महोत्सवको आयोजना गरेर सम्बद्ध निकायहरुको ध्यान आकषर््िात गरेको उहाँले बताउनुु भयो ।
पर्यटन सम्बद्ध निकायहरु राजधानी आसपासमा केन्द्रित हुुनाले राजधानी बाहिरका पर्यटकीय क्षेत्रहरुको अपेक्षाकृत विकास हुुन नसकेको रुकुमका स्थानीय विकास अधिकारी भरतराज शर्माले बताए । जिविससँग सीमित बजेट हुुने र असीमित क्षेत्रमा काम गर्नुुुपर्ने बाध्यता भएकोले पर्टयन क्षेत्रलाई एक्लै जिविसले मात्र व्यवस्थित गर्न नसकेको उनको भनाई छ । उसो त जिविस रुकुुमको पहलमा रुकुुमको पर्यटन प्रवद्र्धन गर्न जिविस बेवसाइट सञ्चालन गरिएको छ, वेसाइटमा पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारीहरु पनि राखिएका छन् ।

स्थानीय तहमा भएका पर्यटनका प्रयासलाई राज्यको उपल्लो निकायले ध्यान दिदै सडक र सञ्चारको पहँुच अनि दहको संरक्षण, सम्बद्र्धन अनि प्रवद्र्धनमा लगानी गर्न सके पर्यटन आगमनमा वृद्धि गर्न सकिन्छ ।

पयर्टकको पर्खाइमा सिस्ने हिमाल ......

Sisne-Himal1

पश्चिम नेपालको उत्कृष्ट हिमाल आरोहण गन्तव्य सिस्ने हो । नयाँ आरोहण गन्तव्य भए पनि उचित पूर्वाधारको विकास हुुन नसक्दा पर्यटकहरुको रोजाइको गन्तव्य भएर पनि अपेक्षाकृतरुपमा पर्यटकलाई भित्र्याउन सकिएको छैन । यद्यपि यतिबेला सिस्ने स्वदेशी तथा विदेशी पर्यटकको पर्खाइमा छ । समुद्र सतहदेखि ५ हजार ९ सय ११ मिटर अग्लो सिस्ने हिमाल रुकुमको सिस्ने गाविसमा पर्दछ । आकाश छेड्न लागेको जस्तो देखिने हुनाले मुर्कुुट्टा नाउँले चिनिने सिस्ने हिमपाटनको रुपमा पनि चर्चित छ । माछापुच्छ«ेको बहिनीको उपमा पनि दिइएको सिस्नेमा सन् २०१३ मे १२ तारिखमा पहिलो पटक नेपाली आरोहीको नेतृत्वमा सफल आरोहण भएको हो ।
दाङको घोराहीदेखि १ सय ३९ किलोमिटर सडक दूरी पार गर्दै रुकुुम खलंगाबाट मध्यपहाडी लोकमार्ग हुँदै पूर्वतिर हानिए सिस्ने पुुग्न सकिन्छ । मगर संस्कृतिले धनी गाउँ तकसेरा, हुुकाम र मैकोटबाट सिस्ने पुुग्न सकिन्छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनबाट सिस्ने पुग्न सकिन्छ । सिस्ने पुग्नका लागि पैदलमार्गको काम शुरु हुँदैछ । हालसम्म २ हजार ७ सय मिटरको उचाइसम्म पैदलमार्ग जेनतेन भए पनि ४ हजार २ सय मिटरको सिस्ने बेसक्याम्पसम्म पैदल मार्ग निर्माण भए पर्यटकलाई सहज हुने स्थानीयबासी बताउँछन् ।
सिस्ने गन्तव्यको लागि दाङलाई आधार मानेर राप्तीको रुकुमका हिमाल, तालसँगै रोल्पा, रुकुमको युुद्ध पर्यटनलाई प्रवद्र्धन गर्न सकिने सिस्ने हिमालका पहिलो आरोही मनबहादुुर खत्रीले बताए । ‘पश्चिम नेपालको एक उत्कृष्ट आरोहणयोग्य हिमाल भएर पनि सिस्ने अझैं ओझेलमा परेको छ, उनले भने, ‘हिमाली पाटनले सजिएको सिस्ने निकै सुन्दर छ, यहाँ विदेशी मात्र होइन स्वदेशी पर्यटकका लागि पनि राम्रो गन्तव्य हो ।’ सिस्ने पुुग्नका लागि विकासका पूर्वाधारहरु नभएको भन्दै उनले सडक यातायात, पैदल मार्गसँगै हवाइ यातायातलाई व्यवस्थित गर्न सके राप्ती पर्यटनको गन्तव्यको आधार सिस्ने बन्ने बताए ।
Sisne Expedition 2013‘सिस्ने अत्यन्तै मनमोहक छ । हिमाली पाटनले सजिएको छ । टाकुुरो बनेको सिस्नेको दक्षिण पूर्वी मोहडाबाट आरोहण गर्न सकिए पनि अन्य मोहडाबाट आरोहण गर्न कठिन छ, आरोही खत्रीले भने, ‘पर्यटकहरु नयाँ–नयाँ हिमाल आरोहण गर्न चाहन्छन् तर व्यवस्थित आरोहणका लागि आवश्यक व्यवस्था छैन ।’
सरकारद्वारा गठित पिक प्रोफाइल कार्यदलका सदस्यसमेत रहेका खत्रीले नेपालको हिमाल आरोहणलाई व्यवस्थित गर्न पिक प्रोेफाइल तयार गर्न लागेका बताए । ‘हालसम्म नक्साको भरमा आरोहण गरिएको थियो’ उनले भने, ‘यसलाई वैज्ञानिक र व्यवस्थित हिमाल आरोहणको लागि १९ सदस्यीय कार्यदल लागि परेको छ ।’
विदेशी पर्यटकहरुले एभरेष्टको आरोहण मात्र होइन नयाँ–नयाँ हिमालको आरोहण गर्न इच्छा व्यक्त गरे पनि व्यवस्थित हिमाल आरोहण नहुुनाले पर्यटकले चाहेको ठाउँमा पु¥याउन नसकिएको उनको भनाई छ ।
राप्तीको पर्यटन प्रवद्र्धन मात्र होइन, मध्यपश्चिमकै पर्यटनका लागि सरकारले अन्तर्राष्टिय विमानस्थलको उचित व्यवस्था गर्न सके मध्यपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । मध्यपश्चिमका अन्य जिल्लामा पनि सडक र हवाइ सञ्जाल जोड्न सकिन्छ । राप्तीको सन्दर्भमा दाङ हुँदै रुकुम, रोल्पा, सल्यान र प्यूठान जिल्लामा साहसिक, साँस्कृतिक र युुद्ध पर्यटकीय क्षेत्रको अवलोकन गर्न पर्यटकहरुले चाहना गरे पनि हवाइ सेवा सुुविधा नहुँदा प्रवद्र्धनमा समस्या भएको पर्यटन जानकारहरुको तर्क छ ।
Sisne Himalरुकुमको सिस्ने हिमालको सन २०१३ मे १२ मा रुकुमका स्थानीय आरोही मानबहादुुर खत्री नेतृत्वको समूहले पहिलो पटक हिमालको सफल आरोहण गरेका थिए । सरकारले पहिलो पटक आरोहणको अनुमति दिएपछि मानबहादुरसहितको ७ जनाको टिमले १० दिन लगाएर सिस्नेको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराएका थिए । आरोही टिमका लिडर मानबहादुर खत्रीका अनुुसार अलबहादुुर खत्री, अमेरिकन नागरिक लाइन एल–जो, कैलालीका ध्रुव विष्ट, गोरखाका मुलाल गुरुङ म्याग्दी विनायक मल्ल ठकुरी, जुम्लाका अमृत विक र गोरखाका सुमन गुुरुङले सिस्नेको चुचुरोमा सफलता चुमेका थिए । उक्त टीमले ४ हजार २ सय मिटरको उचाइमा बेसक्याम्प स्थापना गरेर सिस्ने चढेका थिए ।
उता सिस्ने गन्तव्यका लागि ढोरपाटनदेखि तकसेरा हुँदै हुकाम मैकोटबाट सिस्ने हिमाल पुग्ने पैदल यात्राको सर्वे भइरहेको रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले बताए । नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन रुकुममा पर्ने भएकाले पर्यटकलाई ढोरपाटनमा शिकार खेलाउने र ढोरपाटन हुँदै हुकाम मैकोटको मगर संस्कृतिको स्वाद दिन सकिन्छ । यसका साथै मैकोटबाट सिस्ने आरोहण गराउन सकिने शर्माको दावी छ । पैदलमार्गले पूर्णता पाएपछि सिस्नेको पर्यटन गर्न चाहने पर्यटकका लागि सहज हुने उनले बताए । रुकुम सदरमुकामदेखि चार दिनको पैदल यात्रा पूरा गरे सिस्नेको आधार शिविरमा पुग्न सकिन्छ । मध्यपहाडी लोकमार्ग हुँदै पर्यटकीय क्षेत्र रुकुमकोटबाट तकसेरा, हुकाम र मैकोटपछि सिस्ने पुुग्न सकिन्छ । मगर संस्कृतिको अनुपम स्वाद लिन चाहने पर्यटकका लागि तकसेरा, हुकाम र मैकोट उपयुुक्त गन्तव्य भएको शर्माको भनाई छ ।
नेपालमा १३ वटा हिमश्रृंखला रहेका छन् । सिस्नेलाई हालसम्म काञ्जिरोवा हिमश्रृंखलामा राखिए पनि सिस्ने धौलागिरी हिमश्रृंखलामा पर्ने हिमाली पर्यटनसँग चासो राख्नेहरुको तर्क छ । १ हजार ३ सय बढी ६ हजार मिटर अग्ला हिमालहरु नेपालमा पर्दछन् । त्यसैगरी नेपालमा ४ हजारमाथिका ३ हजार ३ सय हिमचुुचुुराहरु रहेको बताइन्छ । हालसम्म सरकारले सिस्नेसहित ४ सय १४ वटा हिमशिखरहरुको आरोहणका लागि अनुुमति दिएको छ । हिमालहरुको उचित आरोहण तथा पहिचान गर्न सरकारले १९ सदस्यीय पीक प्रोफाइल कार्यदल गठन गरेको छ । जसमा भूगोलविद, आरोहणविज्ञ, प्रहरी सेनासहितको टोली गठन गरेको छ । कार्यदलले काम सुरु गरिसकेको छ ।

Sisne Rukum

मन्द बन्दै थबाङको पर्यटन


Thawang
इतिहासको विभिन्न कालखण्डमा आफ्नो छुुट्टै पहिचान बनाएको ऐतिहासिक गाउँ थबाङको ग्रामीण पर्यटन कार्यक्रम मन्द बन्दै गएको छ । युुद्ध पर्यटन र सांस्कृतिक पर्यटनको गन्तव्य थबाङमा पर्यटन प्रवद्र्धनका गतिविधि सेलाउँदै जान थालेका छन् पछिल्लो चरणमा । जिम्मेवारहरुको बेवास्ताका कारण यहाँको पर्यटनको विषय ओझेलमा पर्दै गएको हो ।
माओवादी आन्दोलनका बेला निर्माण भएका युुद्धसँग सम्बद्ध मूूर्त या अमूूर्त सम्पदाहरुको संरक्षण हुुन सकेको छैन । तत्कालीन समयमा माओवादीले निर्माण गरेका लघुु जलविद्युुत, जनवादी विद्यालय जनकम्युुनहरु भत्किदै गएका छन् । शान्ति प्रकृयापछि युुद्धसँग सम्बद्ध वस्तुुहरु सम्पदामा परिणत भए पनि त्यसको संरक्षण गर्न राज्य तहबाट खासै पहल हुुन सकेको छैन । स्वयं माओवादी नेतृत्वले पनि यसप्रति वास्ता गर्न छाडेको स्थानीय बताउँछन् ।
पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विगतमा केही पहल भए पनि पछिल्लो चरणमा मन्द बन्दै गएको स्थानीय युुवा विवेक रोकाले बताए । ‘पार्टी विभाजनपछि थबाङको पर्यटनको विषय अलि गौण बन्दै गएको छ’, उनले भने, ‘दलका नेताहरुले आश्वासन दिए पनि काम नगर्ने परिपाटीले थबाङको पर्यटनको प्रसङ्ग सेलाएको छ ।’ नेताहरु थबाङको विकासका लागि भन्दा राजनीतिक प्रतिशोधमा देखिनुुले अपेक्षाकृत थबाङको पर्यटनले गति लिन नसकेको उनको जिकिर छ । यसका साथै स्थानीयहरुको जाँगर कम देखिनुुका र सरकारी तहबाट थबाङको पर्यटन प्रवद्र्धनमा गर्न कम चासो हुुनुुले पनि थबाङको पर्यटनको विषय सेलाएको उनले भनाई छ । ‘ऐतिहासिक युुद्ध सम्पदाहरुको संरक्षण गर्ने काम भएको छैन’, उनले भने, ‘संरक्षण गर्न सरकारी तहबाट पहल नभए केही समयपछि सबै सम्पदा गुुमनाम हुुने सक्छन् ।’
समुुन्द्री सतहदेखि दुुई हजार मिटर उचाइमा अवस्थित थबाङ भित्री भोटजस्तो देखिन्छ । चारैतिर डाँडाहरुको बीचमा अवस्थित छ थबाङ । रोल्पा सदरमुुकाम लिबाङदेखि २८ कोष उत्तरतर्फ पर्दछ ऐतिहासिक गाउँ थबाङ । जलजला पहाडको काखमा रहेका थबाङ मगरहरुको जननी भूमि मानिन्छ । मगर संस्कृतिले नेपालकै उत्कृष्ट मानिने थबाङमा ग्रामीण पर्यटनका लागि जिल्ला विकास समितिले पहल गरिरहेको जिल्ला विकास समितिका पर्यटन फोकल पर्सन दीपेन्द्र डिसीले बताए । स्थानीय तहमा कम सक्रियता देखिनाले पर्यटनका लागि घरबास कार्यक्रमले आकार लिन नसकेको उनको दावी छ ।
‘थबाङको पूर्वाधार विकासका लागि सरकारले आठ करोडभन्दा बढी लगानी गरिसकेको छ’, डिसीले भने, ‘केही समयपछि थबाङमा सडक पुुग्दैछ, सडक पुुगेपछि थबाङको पर्यटनलगायत अन्यको विकासमा ठूूलो सहयोग पुुग्ने विश्वास लिएका छौं ।’ थबाङमा घरबास कार्यक्रमको लागि स्थानीयलाई अवलोकन भ्रमण गराइएको छ । स्थानीयबासीको सक्रियता भयो भने घरबास कार्यक्रम अगाडि बढ्ने फोकल पर्सन डिसीको भनाई छ ।
युुुद्धका बेला माओवादीको राजधानीको रुपमा स्थापित थबाङ राजनैतिक तथा सांस्कृतिकरुपले निकै चर्चाको शिखरमा छ । माओवादी नेतृत्वले तत्कालीन समयमा विशेष आधार क्षेत्रको रुपमा निर्माण गरेको थबाङको फुुन्टिबाङमा केन्द्रीय समितिको बैठक तथा विभिन्न प्रशिक्षणहरु पनि भएका थिए । तत्कालीन समयमा माओवादी आन्दोलनलाई दबाउन तत्कालीन शाहीसेनाले थबाङको ठूूलो गाउँमा भीषण आगजनी गरेर सयौं घरहरु ध्वस्त बनाएको थियो । ध्वस्त घरहरुको अहिले भग्नावशेष मात्र रहेका छन् । सयौं महिलाहरु बलात्कृत भएका थिए । द्वन्द्वको समयमा मानवीय तथा भौतिक क्षति अनगिन्ती भोग्नुप¥यो थबाङले ।
शान्तिकालीन प्रक्रियापछि थबाङको समग्र विकासको लागि तत्कालीन प्रचण्ड सरकारले नमुुना गाउँको रुपमा विकास गर्न कार्यक्रम अगाडि सारेको थियो । गाउँको पूर्वाधार विकासमा लगानी भए पनि अझैं पर्याप्त हुुन सकेको छैन । गाउँमा सरसफाइजस्ता कामको प्रभावकारिता देखिएको छैन । यद्यपि खुुला दिसामुुक्त गाउँ घोषणा नभएको भने होइन । नमुना गाउँको नाम दिए पनि सरकाले यथेष्ट बजेटको व्यवस्था गर्न नसक्दा नमुुना बन्न नसकेको थबाङीहरु बताउँछन् । मुुलतः सडक, सञ्चार, खानेपानीजस्ता कार्यक्रमहरु थबाङ पुुगे पर्यटन प्रवद्र्धनमा टेवा पुुग्ने उनीहरुको विश्वास छ ।
सुुलिचौरदेखि जेलबाङ हुँदै थबाङ अनि जलजलालाई अन्तिम गन्तव्यका रुपमा रुपमा विकास गर्न टानले पदमार्गको रेखाङ्कन गरेको छ । पर्यटकले जलजलाको घाँसे मैदानमा आनन्द लिन पाउँछन् भने गृष्म ऋतुुुमा जलजलामा फुल्ने सयौं फूलहरुको बीचमा रमाउन पाउँछन् । थबाङबाट अढाइ घण्टाको पैदल यात्रा तय गरे जलजलाको चुचुरोमा पुग्न सकिन्छ । युुद्धताका माओवादीले यही स्थानबाट रेडियो जनगणतन्त्र सञ्चालन गरेको थियो ।
जेलबाङ र थबाङमा घरबास कार्यक्रम सञ्चालन हुन सके पर्यटकहरुले रात बिताउन पाउनेछन् । पर्यटक आगमनलाई व्यवस्थित बनाउन सके थबाङको बलिदानको मूल्यमा केही मल्हम लगाउन सकिने नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मौसम रोकाले बताए । थबाङको युद्ध पर्यटन र सांस्कृतिक पर्यटनलाई बजारीकरण गर्न सके थबाङले समृृद्धि हाँसिल गर्न सक्ने उनको विचार छ । तर त्यसको लागि पर्यटनसम्बद्ध निकायहरुले चासो दिनुपर्ने उनी बताउँछन् । स्थानीय, सरकारी निकाय र पर्यटन व्यवसायीहरुबीच बुुझाइमा एकरुपता भए थबाङको पर्यटनले गतिले लिने उनको भनाई छ ।
१६ सय वर्ष पुरानो इतिहास भएको थबाङमा एक हजार बढी घरधुरी बसोबास गर्दछन् । ९५ प्रतिशत मगर बस्ती रहेको थबाङमा बुढा र रोकाहरु नै मूल आदिबासी भएको तथ्याङ्क छ । उत्तर तिब्बत र नेपालको सिमानाको बाइजा भन्ने स्थानबाट पूर्वजहरु आएको स्थानीय बूढापाकाहरु बताउँछन् । सतप्रतिशत मगर भाषा बोल्ने मगरहरुको बसोबास रहेको थबाङ मगर कलासंस्कृति र भाषाले सम्पन्न सांस्कृतिक पर्यटकीय गन्तव्य पनि हो । थबाङीहरुले विशेषगरी असार १ मा भूम्या पर्व मनाउने गर्दछन् । प्रकृतिका पूजारी मगरहरुले भूमेलाई विशेष महत्व दिन्छन् । भूमे नाच बूढाबूढी, केटाकेटी र युवायुवती सामूहिकरुपमा पञ्चे बाजाको तालमा ताल फेरि–फेरि नाच्ने गर्दछन् । भूमे नाच सर्वाधिक लोकप्रिय नाच हो । भूमेबाहेक अन्य नाचहरु पनि नाचिन्छ थबाङमा ।

मौलिक संस्कृतिले सम्पन्न थबाङको पर्यटनलाई प्रवद्र्धन गर्न सके स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकिने पर्यटन जानकारहरु बताउँछन् । यद्यपि पछिल्लो चरणमा थबाङको ग्रामीण पर्यटन प्रवद्र्धनमा भइरहेको ढिलासुस्तीप्रति पर्यटनको क्षेत्रमा काम गर्नेहरुले चिन्ता व्यक्त गरेका छन् । त्यसको लागि स्थानीयबासीलाई पर्यटन शिक्षा र पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार र प्रवद्र्धनमा सुुधार ल्याउन आवश्यक भएको उनीहरुको विचार छ ।

स्वर्गद्वारीमा केबुलकार : अधुरो पर्यटन पूर्वाधार


photo sworgadwari (1)
धार्मिक पर्यटकीय गन्तव्य स्वर्गद्वारीको पर्यटन प्रवद्र्धनका लागि निजी कम्पनीहरुको टुङ्गो लागे पनि पर्यटन विकास पूर्वाधार परियोजनाको ढिलासुस्तीका कारण प्रस्तावित केबुलकार परियोजना अलमलमा परेको छ । कम्पनी छनौट भइसकेको दुई वर्ष बितिसक्ता पनि पर्यटन मन्त्रालयले चासो नदिदा ढिलासुस्ती भएको व्यवसायीहरु बताउँछन् ।
सरकारको तीन खम्बे अर्थनीतिअनुरुप सञ्चालन हुन लागेको केबुलकार परियोजना पर्यटन मन्त्रालयका जिम्मेवारहरुले बेवास्ता गर्दा ढिला भएको स्थानीय पर्यटन व्यवसायी टेकराज भण्डारी बताउँछन् । ‘वि.सं. २०६९ फाल्गुनमा टेण्डर आह्वान भएपछि तीन कम्पनीहरुको सहमतिमा परियोजना सञ्चालन हुने भएको छ, भण्डारी भन्छन्, ‘कम्पनी छनौटको काम सकिए पनि पर्यटन विकास पूर्वाधार परियोजनाले फाइल अगाडि नबढाउँदा विलम्ब भइरहेको छ ।’ सार्वजनिक साझेदारी अवधारणामा तीस वर्षे परियोजना सञ्चालन गर्ने भनिए पनि पर्यटन विकास पूर्वाधार परियोजनाले कहिले वनको कहिले कसको भन्दै आलटाल गर्नाले सञ्चालन अनुमतिको टुङ्गो नलागेको भण्डारीको भनाई छ । आफ्नो तर्फबाट सबै काम भए पनि परियोजनाले आलटाल गरिरहेकोे उनको आरोप छ ।
स्वर्गद्वारीको पर्यटनलाई बजारीकरण गर्न देशकै कहलिएका निजी कम्पनीहरुले हात हालेका गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुुशकुमार जोशी, ग्लोबल आइएमइका अध्यक्ष चन्द्र ढकाल र प्रतिष्ठित व्यापारी सुजन श्रेष्ठका कम्पनीहरुले प्रस्ताव गरेका छन् । यद्यपी त्यो प्रकृया पूरा हुुन सकेको छैन । जोशीको लामा कन्स्ट्रक्सन, ढकालको युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स र श्रेष्ठको लक्ष्मी कन्टेसनल कम्पनीले साझेदारीमा सञ्चालन हुुने भए पनि अझै पूरा हुन सकेको छैन ।
उता प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारीले प्रक्रिया अन्तिम चरणमा पुगे पनि फाइल अड्किनु उचित नभएको बताउँछन् । स्वर्गद्वारीलाई विश्वसामु चिनाउन र स्थानीय समुदायको जीवनस्तर उकास्नका लागि पनि केबुलकार सञ्चालन आवश्यक भएको उनी बताउँछन् । सरकारी तहबाट जिल्ला विकास समितिले विशेष पहल गर्नुपर्ने उनको सुझाव छ । सरकारले लगानीमैत्री वातावरण भएको बताए पनि व्यवहारमा त्यसो हुन नसकेको उनले टिप्पणी गरे । केबुलकार सञ्चालनमा आए स्वर्गद्वारीमा पर्यटकको आगमनमा अझै बृद्धि हुने उनको दावी छ । जमिनबाहेकको छ सय मिलियन रुपैयाँ लागत रहने अनुुमान गरिएको केबुलकार प्यूठानको भिंग्रीलाई आधारबिन्दु मानेर तानिने भएको छ । समुद्र सतहदेखि दुइ हजार एक सय मिटर उचाइमा रहेको स्वर्गद्वारीमा वर्षेनी डेढ लाख बढी पर्यटकले अवलोकन भ्रमण तथा दर्शन गर्ने गरेको तथ्याङ्क छ ।
दाङबाट भालुबाङदेखि प्यूठान भिंग्रीको बाटो भएर स्वर्गद्वारी पुग्न सकिन्छ भने दाङको घोराही हुुँदै रोल्पाको होलेरीदेखि पनि पर्यटकहरु स्वर्गद्वारी पुग्ने गरेका छन् । तर प्यूठानको बाटो भएर स्वर्गद्वारी पुुग्ने अधिकांश पर्यटक मध्यम तथा उच्च वर्गका रहेको पाइन्छ । त्यसैले स्थानीय पर्यटन व्यवसायीहरुको पहलमा भिंग्रीमा सुविधासम्पन्न होटेल तथा रेष्टुरेन्ट संचालनमा छन् । न्यूनतम सरदर अढाइ दिन पर्यटक स्वर्गद्वारी आसपासमा रहने गरेको अनुमानित तथ्याङ्क छ । केबुलकारलगायतका पूर्वाधारमा विकास भएमा पर्यटक बसाइ लम्बाउन सकिने व्यवसायीहरुको अपेक्षा छ ।
विशेषगरी भारतीय पर्यटक र आन्तरिक पर्यटकको गन्तव्य स्वर्गद्वारीमा धार्मिक महत्व मात्र होइन प्राकृतिक आनन्द दिने वातावरण छ । उत्तर पूर्वतिर धौलागिरी, माछापुच्छे« र पश्चिमको सिस्ने हिमालको दृष्य अवलोकन पनि एक महत्वपूर्ण आकर्षण हो । तर सडक लगायतका पूर्वाधारहरुको उचित व्यवस्थापन हुन नसक्दा स्वर्गद्वारीको धार्मिक पर्यटन अपेक्षाकृत बन्न नसकेको हो ।
स्वर्गद्वारीको भौतिक पूर्वाधार विकास गर्न जिविस प्यूठान, स्वर्गद्वारी आश्रमको लगानी मात्र होइन सडकका लागि धेर थोर बजेट नपरेका पनि होइनन । तर व्यवस्थित दिर्घकालीन गुरुयोजनाको अभावमा पूर्वाधार र प्रवद्र्धन त्यति बलियो नभएको जानकारहरु बताउँछन् । यद्यपि जिल्ला विकास समिति प्यूठान स्वर्गद्वारी आश्रम र केन्द्रीय बजेटबाट सडक, सिंढी र भ्यूटावर बनाउने प्रयत्न भएका छन् । तर गुुरुयोजनाको अभावमा यी पनि अव्यवस्थित बनेको स्थानीयहरुको गुुनासो छ । केवलकार सञ्चालनदेखि अन्य पूर्वाधारको लागि राज्यले थप लगानी तथा उचित वातावरण बनाउनुपर्ने उनीहरुको माग छ ।

मूलतः सञ्चालन हुने भनिएको केबुलकारको प्रक्रियालाई अविलम्व पूरा गरी कार्यान्वयनमा लिन सके स्वर्गद्वारीको प्रचार प्रसारसँगै स्थानीय तहमा आर्थिक रुपान्तरण हुने पर्यटनसम्बद्ध जानकारहरु बताउँछन् । निजी क्षेत्र र स्थानीय लगानीमा हुुने भएकोले पनि यसको दिगो र व्यवस्थित बन्ने आशा गर्न सकिन्छ । प्यूठानको स्वर्गद्वारी र ताप्लेजुङको पाथीभरामा तीन कम्पनीको संयुक्त लगानी रहने पर्यटन पूर्वाधार विकास परियोजनाले बताएको छ 

अप्सराझैं सुन्दर स्यार्पू दह | धनिराम शर्मा


Syarpu tal Rukum bigनीलो र कञ्चन पानीले भरिएको स्यार्पू साँच्चिकै अप्सराजस्तै देखिन्छ । कञ्चन जलको बहावले प्रकृतिसँग रम्नेहरुलाई मोहित बनाउने जादू स्यार्पूसँग छ । अजंग पहाडहरुको बीचमा प्राकृतिक सुन्दरताले ठाँटिएर पर्यटकलाई नियालिरहेको छ– स्यार्पू । कयौं आन्तरिक तथा बाह्य पर्यटकलाई लठ्ठ बनाएको स्यार्पूले नयाँ आगन्तुकहरुको आगमनलाई चियाइरहेको छ । खासगरी शरद र बसन्त ऋतुमा अत्यन्तै मनमोहक देखिने स्यार्पू प्राकृतिक नामधारी अप्सरा बनेर अतिथिको स्वागत गर्दछ शान्ति रंगको भावले ।
मानवलाई मात्र सत्कार स्वागत होइन पशुपंक्षीहरुलाई पनि स्यार्पूले सुन्दरताको मोहनी लगाएको छ । त्यसैले थुप्रै चराचुरुंगी स्यार्पूको निलो बहावमा रम्ने गर्दछन् । त्यही सुन्दरताको मोहनीले पर्यटकलाई प्राकृतिक आनन्दको अनुभूति हुने गर्दछ ।
रुकुमको सदरमुकाम खलंगादेखि पाँच कोष उत्तरतर्फ पर्दछ स्यार्पू ताल । सानी भेरीको दायाँतर्फ अवस्थित स्यार्पू प्राकृतिकरुपमा निकै मनमोहक छ । सदरमुकाम खंलगाबाट सडक यात्राबाट चालीस मिनेट दूरीमा पुग्न सकिने स्यार्पू तालले २ दशमलव ६ वर्ग किलोमिटरमा फैलिएको छ । पर्या–पर्यटन गर्न चाहनेले पर्यटकले स्यार्पूमा डुंगा बिहार, विभिन्न चराचुरुंगीहरुको अध्ययन अवलोकन गर्न सक्छन् । तालको उत्तरतिर रहेका पहाडमा नौ वटा धारामा विभाजित भई बग्ने स–साना झरनाहरु छन्– जसलाई नौ बहिनी भगवतीहरुले स्नान गरेको धार्मिक विश्वास छ । पर्या–पर्यटनको हिसाबले मात्र होइन धार्मिक पर्यटनका लागि पनि नौ धाराहरु गन्तव्यका आधार हुन् । तर पर्यटकीय महत्व बोकेको स्यार्पूको संरक्षण सम्वद्र्धनमा अपेक्षाकृत ध्यान नपुगेको स्थानीयहरु बताउँछन् ।
Syarpu tal rukumस्यार्पूको सुन्दरता बिस्तारै संकटमा पर्दै गएको त्यहाँका बासिन्दाहरुले चिन्ता गरेका छन् । ताल संरक्षणमा पहल भए पनि तालमाथिका पहाडबाट वर्षेनी बग्ने माटोले ताल पुरिदै गएको स्थानीय तुलसा मल्लले बताइन् । स्नातक तह अध्ययनरत मल्लले तालका लागि बजेट आए पनि दलका अगुवाहरुले संरक्षणभन्दा सडक बनाउनतिर लागि पर्नाले ताल खतरामा रहेको मल्लले बताइन् । ‘तालमाथि सडक बनाउने अनि वर्षातमा माटो बग्ने गरेको छ, उनले भनिन्, ‘बग्ने प्रक्रिया वर्षातमा निरन्तर छ ।’ प्राकृतिक रुपमा सुन्दर रुकुमको गहना स्यार्पूलाई सम्वद्र्धन गर्न ध्यान दिइएन भने दश पन्ध्र वर्षमा ताल पुरिदै जाने उनको दावी छ । राजनीतिक दलका अगुवाहरुले क्षणिक लाभका लागि मात्र सोच्ने तर त्यसको दिर्घकालीनरुपमा आउने समस्याका बारेमा गम्भीर नबन्दा बजेटको सही सदुपयोग हुन नसकेको उनको जिकीर छ ।
राप्तीमै पर्यटनको क्षेत्रमा रुकुमले अब्बलता कायम गरेकोबाट पनि प्रष्ट हुन्छ रुकुममा पर्यटकीय सम्पदाहरुको संरक्षण प्रर्वद्धनका काम भएका छ भनेर । तर भएका कामहरुले मात्र स्यार्पूको सुन्दरतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न नसकिने पर्यटनसँग सरोकार राख्नेहरुको धारणा छ । दिगो व्यवस्थापनसहितको गुरुयोजना कार्यान्वयन गर्न सम्बन्धित निकायले ध्यान दिन आवश्यक भएको उनीहरुको सुझाव छ । गुरुयोजनासहितको पर्यटन विशेष कार्यक्रम सञ्चालन गर्न सके स्यार्पूको महत्वलाई थप अभिवृद्धि गर्न सकिने उनीहरुको धारणा छ ।
स्यार्पूमा डुंगा बिहारपछि सानी भेरीमा पर्यटकले ¥याफ्टिङको पनि आनन्द लिन सक्छन् । सानी भेरीको बहावको संरचनाले अधिकांश स्थानमा ¥याफ्टिङ गर्न सकिन्छ । स्यार्पू पुग्ने पर्यटकले छोटो पैदलपछि ¥याफ्टिङ पनि सम्भव छ ।
पर्यटकीय गन्तव्यहरुसम्म पुग्नका लागि ट्रेकिङ रुटहरु पनि रेखांकन भएका छन् । खलंगादेखि स्यार्पू, सानीभेरी, कमलदह, सिस्ने र ढोरपाटनलगायतका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकहरु पुग्न सक्छन् । यतिमात्र होइन मगर संस्कृतिले सम्पन्न रुकुमका तकसेरा, हुकाम, मैकोटलगायतका मगर बस्तीमा सांस्कृतिक स्वाद पनि चाख्न पाउँछन् ।
sarpu tal baphiklotस्यार्पूको पर्यटन प्रवद्र्धन गर्न स्यार्पू महोत्सवको पनि आयोजना गरिएको थियो । त्यस्तै, साहसिक खेल ट्राथलनको परिक्षण पनि गरिएको थियो । पर्या, साहसिक र सांस्कृतिक पर्यटनका लागि स्यार्पू एक उचित गन्तव्य भएको स्थानीयबासिन्दा बताउँछन् । जिल्ला विकास समितिको नेतृत्वमा भएका कार्यक्रमले केही परिणाम पनि ल्याएको स्थानीय अगुवाहरुको धारणा छ । पर्यटनबोर्ड, बाँफीकोट गाविस र स्वयं जिविसको लगानीमा प्रचार प्रसार र पूर्वाधार निर्माण गरिएका छन् । तर दिगो व्यवस्थापनमा अझै ध्यान जानुपर्ने उनीहरुले औंल्याएका छन् ।
उता स्थानीय विकास अधिकारी भरतकुमार शर्माले उपभोक्ताको मागका कारण सडक खनिएको बताएका छन् । सडक निर्माण भए पनि ताललाई बचाउन पहल भइरहेको शर्माले बताए । ताल संरक्षणको लागि जिविसले पनि पहल लिइरहेको बताउँदै युनाइटेड मिसन नेपालले संरक्षणका लागि काम गरिरहेको शर्मा बताउँछन् । ‘स्यार्पूलगायत अन्य पर्यटकीय गन्तव्यको लागि जिविसबाट कार्यक्रम सञ्चालन गरेका छौं ।’ तालको लागि पर्यटन बोर्ड, जिल्ला विकास समिति, गाविस र जिल्ला भू–संरक्षण कार्यालय रुकुमले प्रवद्र्धन र पूर्वाधार निर्माणमा लागि परेको स्थानीय विकास अधिकारी शर्माको तर्क छ । गुरुयोजना निर्माणपछि रुकुमको दिगो पर्यटनमा सहयोग पुग्ने उनको विश्वास छ ।

स्यार्पू तालमा माछापालन गरी आयआर्जन गर्ने गरिएको छ भने तालबाट दुइ सय पचास वाटको विद्युत उत्पादन गरी सदरमकाम लगायत आसपासका बस्तीमा पनि उज्यालो पु¥याउने काम भएको छ । प्राकृतिक सुन्दरता मात्र होइन स्यार्पूसँग ऊर्जा कृषिका लागि पनि उपयुक्त गन्तव्य बनेको छ । विकास निर्माण गर्दा केही क्षति हुने भए पनि दिगो व्यवस्थापनमा ध्यान दिन सके पर्यटकीय गन्तव्यहरुको संरक्षण गर्न सकिन्छ । त्यसका लागि जिम्मेवार निकायहरुले गम्भीरता देखाउन सकेमा स्यार्पूजस्ता उत्कृष्ट गन्तव्यहरुलाई बचाउँदै स्थानीयको जीवन रुपान्तरणको माध्यम पर्यटकीय गन्तव्यकहरु बन्न सक्ने अर्थ विश्लेषकहरु बताउँछन् ।

समृद्ध मध्यपश्चिम : स्वर्गको टुक्रा सुन्दर रारा

Rara (1)नेपालको सबैभन्दा ठूलो तालमात्र नभएर विश्वमा एक मात्र स्थान हो स्नो टाउट प्रजातिको माछा पाइने स्थल रारा । प्रकृतिको अनुपम उपहारका रुपले भरिएकाले होला राराका बारेमा राजा महेन्द्रले कविता नै रचे ।
अहिले सबै नेपाली पुग्न चाहने स्थलमध्ये एक हो । वरिपरि जंगलको बीचमा समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा तालमा विश्वमै कहिं पनि नभेटिने स्नो टाउट प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो रङ्ग दिने गर्दछ ।
नेपालको सबैभन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ । मुगु जिल्लालाई सडकले छोएपछि रारामा आन्तरिक पर्यटकको निकै आगमन भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भोगेन्द्र रायमाझी बताउँछन् ।
रारामा पुग्नका लागि ताल्चा विमान स्थलमा नियमित उडान हुने हो भने हवाई मार्ग भएर आउने पर्यटकको पनि बृद्धि हुने बताउँछन् पर्यटन व्यवसायीहरु ।
कसरी पुग्ने ?
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापश्चात् पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल दुरीपश्चात् रारा ताल पुग्न सकिन्छ ।
सुर्खेतदेखि दुई दिनको बस यात्रापश्चात् पुग्न सकिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ राराताल ।
rara_1
Rara_3
Rara (4)

Rara_2

हराउँदै युद्ध पर्यटन सम्पदा

द्वन्द्वकालमा सबैभन्दा धेरै जनधनको क्षति भएको रोल्पाको जेलबाङ गाविसमा युद्धकालमै निर्मित विभिन्न मूर्त तथा अमूर्त युद्ध सम्पदाहरु जोगाउन न राज्यलाई फूर्सद छ न स्वयं माओवादीहरुलाई चासो छ ।
Dhaniram_sharma
माओवादी बिद्रोहको आधार क्षेत्र मानिएको जेलबाङ यतिबेला निरसजस्तै छ । संसारै फेर्ने सपना देखेर आन्दोलनको आगोमा हाम फालेका जेलबाङीको दैनिकी कष्टकर बन्दै गइरहेको छ । मनमा विगतका त्रासदीको झल्को अनि घाउका टाटा र डोब शरिरमा बोकेर यहाँका अधिकांश गाउँबासीको जिन्दगी चलिरहेको छ । परिवर्तन भन्ने अमूक शब्दावलीले उनीहरुको जीवनमा कोल्टो फेर्न सकेको छैन । दलका ठूला–ठूला नेताको खुबै आवतजावत हुने शान्तिगाउँ यतिबेला बिकास र समृद्धिबाट अछूत भएको छ । युद्धकालका बेला श्रमले आर्जेका युद्ध सम्पदाहरु लोप हुँदै गएका छन् । युद्ध पर्यटनका लागि महत्वपूर्ण मानिने ती सम्पदाहरु जोगाउन न राज्यलाई फूर्सद छ न स्वयं माओवादीहरुलाई चासो छ ।
Jelbang Villageसाम्यवाद ल्याउने भन्दै गोलाबारुदसँग निदाएका जेलबाङबासीहरु यतिबेला युद्धमा पसिनाले आर्जेका भौतिक सम्पदाहरु वर्षैपिच्छे ओझेल पर्दा चिन्तित छन् । शान्ति प्रक्रियापछि युद्ध पर्यटनको प्रवद्र्धन गर्ने आश्वासनले अघाएका उनीहरु यतिबेला जनश्रमबाट निर्मित धरोहरहरु भत्कदै जाँदा चिन्तित हुन थालेका हुन् । मृत्युसँग पौठेजोरी खेल्दै बनाइएका ती ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्न कसैलाई फूर्सद नमिलेको उनीहरु बताउँछन् । सरकारको कान नै छैन, माओवादीलाई टुट्न फुट्न हतारो हुनाले युद्धकालीन ऐतिहासिक सम्पदाहरु बेवारिसे बन्दै गएको स्थानीयले दुखेसो पोखे ।
सरकारी पक्ष र बिद्रोहीको निशानामा परेर ७३ जना जेलबाङीको रगतको आहालमा बनाइएका सहिद स्मारक, जनकम्युन, विद्युत गृह, जनवादी विद्यालय इतिहासको पानामा पनि भेट्न धौ हुने अवस्था आउन थालेको जेलबाङबासीको गुनासो छ । ‘हामीलाई सरकारले त ठग्यो, माओवादीहरुले पनि ठगे’, ६२ वर्षीय मनबहादुर रोकाले गुनासो पोख्दै भने, ‘खाइनखाई असिना पसिना नभनी जनताले निर्माण ग¥यो तर अहिले नेताहरु मन्त्री भए प्रधानमन्त्री भए हामी जेलबाङीको जिन्दगी यस्तै गरि सकिने भो ।’ निकै भावुक बन्दै रोकाले भने, ‘हामीले जन्माएको कम्युन कता गयो, विद्यालय छैन, विद्युत गृह अस्तव्यस्त छ ।’
Jelbang_4वि.सं. २०६५ सालमा शान्तिगाउँ नामाकरण गरिएको जेलबाङमा अझै शान्ति नआएको स्थानीय बासिन्दाहरुको प्रतिक्रिया छ । देश फेरिए पनि आफूहरुको जीवन त फेरिएन, त्यसैमा आफ्नै पौरखले बनेका सम्पदाहरु हराउँदै जाँदा उनीहरुको मन पोलिरहेको छ । गाउँ पस्दा युद्धसँग सम्बन्धित सम्पदाहरु भेटिन्छन् । जेलबाङ गाउँ पस्नुअघि भेटिने स्यारी भन्ने स्थानमा सहिद स्तम्भ छ । स्तम्भमा नामनामेसी मेटिदै छ । गाउँको बीच घरको भित्तामा सहिद हुनेहरुको लामो तालिकाको श्रृंखला छ, स्यारी कटेपछि ठूलो गाउँ पुग्नु पहिले एउटा घर भेटिन्छ, घरको छानामाथि हँसिया हथौडाअंकित झण्डा फरफराइरहन्छ । अनि नजिकैको खोलाको बायाँ दिशातर्फ जीर्ण बन्दै गएको विद्युत गृह छ ।
जेलबाङकै रोलबाङमा रहेको जनकम्यूनको त अब अवशेष पनि छैन । विगतमा लडाईं भएको थियो, जनश्रमबाट धेरै सम्पदाहरुको निर्माण भएको थियो भन्दा अब अपत्यारिलो लाग्ने हुँदैछ शान्तिगाउँमा । त्रासदीपूर्ण युद्धलाई स्मरण गर्न र अब त्यस्तो युद्ध कहिल्यै भोग्न नपरोस् भन्नका लागि ती सम्पदा निकै गजबका खुराक हुन सक्छन् । अध्ययन र अवलोकनका लागि पुस्तकालय नै बन्न सक्छन् तर ती सम्पदाहरुलाई बेवारिसे बनाइदैछ ।
यद्यपि विगतको युद्ध जति निर्मम भए पनि युद्धले छोडेका डोबहरुको लिपिबद्ध गरी भावी सन्ततिका लागि अध्ययन मात्र होइन वर्तमानमा युद्धसम्बन्धी अध्ययन गर्न चाहनेका लागि गजबको साधन बन्न सक्छ जेलबाङ । तर चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड भनेजस्तै राज्य संचालकहरुलाई युद्ध सम्पदाहरु त्यस्तै भएको छ । ऐतिहासिक घटनाको जन्मदाता र त्यसले जन्माएका सम्पदाहरुको दावेदार मान्ने स्वयंं माओवादीहरु नै युद्ध सम्पदाहरुको संरक्षणमा मुख खोल्न त्यति जाँगर गर्दैनन् । माओवादी नेताहरुले नसुनेरै उछितो काढ्ने गरेको बेनी आक्रमणमा घाइते भएका ४१ वर्षीय दुजबहादुर सुनारले दुखेसो पोखे । ‘नेताहरुले के–के सपना देखायो तर अहिले पार्टी पनि सक्यो, जनयुद्धमा श्रमबाट निर्मित सम्पदाहरु पनि भुल्दै गयो । अहिलेको सरकारले हामीलाई हेर्दैन, बिहान के खाने बेलुकी के खाने ? समस्या छ ।’ लडाईंमा गुमेको हात देखाउँदै उनले भने, ‘अब कसैको विश्वास छैन । सबैले हामीलाई प्रयोग गरे, घरबास सबै गुमाइयो आखिर के पाइयो ?’
Jelbang_1मगरहरुको बाहुल्यता रहेको जेलबाङ दश वर्ष माओवादी आन्दोलनको चर्चामा रहे पनि यतिबेलासम्म गतिलो संचार, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवाबाट बिमुख छ । सुलिचौरदेखि २६ किलोमिटर सडक दुरी पार गरे पुग्न सकिने जेलबाङमा विद्युत र सरसफाइमा गोरखा वेलफेयर र बेस नेपालले हात हालेका छन् । विगत र वर्तमानमा आंशिक भिन्न भए पनि जेलबाङीको जीवनमा परिवर्तन आउन सकेको छैन । उनीहरु आधारभूत मानवीय सेवा सुविधाबाट अझै विमुख छन् ।
बिकासको पहँचमा टाढा भए पनि जेलबाङ अन्य सम्पदाहरुले सम्पन्न छ । खानीको धनी गाविसको नाउँले चिनिने जेलबाङ युद्ध पर्यटनसँगै सांस्कृतिक पर्यटनको गन्तव्य पनि हो । मगरहरुको मौलिक कला संस्कृति यहाँको अर्काे आकर्षण हो । मारुनी नाच, भूम्या नाच जेलबाङको पहिचान भएको मगर संस्कृति अभियन्ता खेम बुढामगरले बताए । संस्कृतिको संरक्षणसँगै प्रवद्र्धनमा विशेषगरी राज्यले ध्यान दिन सके पर्यटनका लागि जेलबाङ उत्कृष्ट हुने उनको तर्क छ । उनी भन्छन्, ‘देश परिवर्तनको लागि रगत बगाउने जेलबाङलाई थोरै भए पनि न्याय हुने भएकोले राज्यले यहाँ युद्ध पर्यटन र सांस्कृतिक पर्यटनका मूर्त या अमूर्त सम्पदाहरुको संरक्षणमा ध्यान दिनुपर्छ ।’
स्थानीय युवा प्रकाश रोकाले सरकार, माओवादी र स्थानीयको सहकार्य भएमा पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँछन् । जेलबाङमा पर्यटनका लागि घरबास कार्यक्रम चलाउने भनिए पनि हुन नसकेकोप्रति चिन्ता गर्दै उनले भने, ‘स्थानीयहरु पनि सक्रिय हुनुपर्छ अनि सरकारले पनि ध्यान दिन सकेमा जेलबाङमा पर्यटन विकास गर्न सकिन्छ ।’
जेलबाङ खानीको गाविस भएकाले अनुसन्धान गर्नेहरुका लागि पनि उचित गन्तव्य हो । स्थानीयहरु सक्रिय हुने हो र राजनीतिक दलका नेताहरुले सकारात्मक भएर सहयोग गरेमा विगतको त्रासदीलाई भुल्न सकिने रोकाको भनाई छ । त्यसका लागि यस्ता सम्पदा र स्थानहरुको संरक्षण गर्नतर्फ उचित नीतिको आवश्यकता रहेको र सरकारले पहल गनुपर्ने उनी बताउँछन् ।
Jelbang_2उसो त रोल्पाकै माओवादी नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ जेलबाङको बलिदानलाई एमाओवादीले कहिल्यै नभुल्ने बताउँछन् । जेलबाङ युद्ध पर्यटनको उचित गन्तव्य भएकोले त्यसका लागि आफूले सरकारमा रहँदा र बाहिर रहँदा पनि पहल गरिररहेको बताए । सरकारको राष्ट्रिय संरक्षण नीति २०६७ ले युद्धमा निर्मित मूर्त या अमूर्त वस्तुहरुलाई संरक्षण गर्ने उल्लेख गरेको भन्दै त्यहीअनुसार सरकारले नै ती सम्पदाहरुको संरक्षणमा विशेष पहल गर्नुपर्ने उनको धारणा छ ।
घरबास कार्यक्रमको माध्यमबाट जेलबाङ लगायत अन्य गाविसमा युद्ध पर्यटनलाई प्रवद्र्धन गर्न पहल भैरहेको र पर्यटनको माध्यमबाट जेलबाङको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न सकिने पूर्वअर्थमन्त्री पुनले बताए । तर स्थिर राजनीतिका लागि संविधान निर्माण हुनुपर्ने र संविधान निर्माणपछि देशको आर्थिक विकाससँगै युद्ध सम्पदाहरुलाई संरक्षण गरी युद्ध पर्यटनको केन्द्रका रुपमा विकसित गर्नुपर्ने उनको भनाई छ ।

आखिर विगतमा जे जस्तो भए पनि आर्जित सम्पदाहरुको संरक्षण गर्दै पर्यटनको माध्यमबाट जेलबाङीहरुको घाउमा मल्हम लगाउन सम्बन्धित निकायहरुले ध्यान दिन आवश्यक छ । विकासको पहँुचबाट अछुतो जेलबाङजस्ता दुर्गम गाउँमा सञ्चार, शिक्षा, कृषि, पर्यटनलगायतका क्षेत्रमा राज्यले लगानी गर्न जरुरी छ 

मनोरम मौलाकोट



Maulakot 1शब्द : देविका घर्ती मगर तस्बिर : शक्ति पुन मगर
पहाडी क्षेत्रका पोखरीहरुमा प्रायः बीच भागमा काठ गाडिएको हुन्छ । जसलाई मौला भनेर चिनिन्छ । पहाडी क्षेत्रका पोखरीहरुमा उक्त मौला प्रायः सबै क्षेत्रमा गाडिएको हुन्छ । जसको टुप्पोमा विभिन्न बुट्टाहरु कूँदिएको हुन्छ । हेर्दा सामान्य पोखरीको बीचमा गाडएको काठमात्र देखिए पनि यसको छुट्टै अर्थ छ ।
मगर संस्कृतिका अध्येता बलबहादुर घर्तीमगरका अनुसार मौलासँग मगर जातिको संस्कार जोडिएको छ । मगर जातिमा पितृको श्रद्धा गर्ने संस्कार व्यापक छ । परिवारको कुनै ब्यक्तिको मृत्यु भयो भने उसको सम्झनामा चिनो चौतारी (बिसौनी) निर्माण गरिन्छ । बिसौनीमा ढुङ्गामा मृतकको बारेमा र चौतारी बनाउने परिवारको नाम उल्लिखित शिला गाडिन्छ । छेउमै लाकुरी वा पिपल रोपिन्छ । छेउमै मौला पनि स्थापना गरिन्छ । गाउँको एकछेउमा रहेको पोखरीको बीचमा पनि उक्त मौला स्थापना गरिन्छ ।
विशेषगरी मौला मगर जातिमा धामी, झाँक्री, वैद्य, समाजका अगुवा, प्रतिष्ठित व्यक्तिहरुको मृत्यु भएपछि स्थापना गरिन्छ । मौला आफ्नो पुर्खाहरुको नाममा स्थापना गर्ने गर्छन् । मौला धेरैजसो काठकै स्थापना गरिन्छ । स्थानअनुसार कतै ढुङ्गाको पनि स्थापना गरिन्छ । झाँक्रीहरुको गोंर (गुँड) स्थापना गर्दा पनि मौला गाडिन्छ । जसको दशैं, तिहारमा पूजाआजा गरिन्छ ।
संस्कृतिविद् डा. गोविन्द आचार्यका अनुसार खस समुदायमा पनि मौला स्थापना परम्परा छ । जसलाई पोखरीलाई शक्तिको रुपमा र मौलालाई शिवको रुपमा प्रयोग गरिएको देखन्छि । बरपिपलको छेउमा मौला गाडिन्छ ।
त्यही संस्कारसँग जोडिएको मौलाको नामबाट थुप्रै गाउँहरुको नाम रहन गएको छ । घोराही नगरपालिका–७ मा रहेको मौलाकोट त्यही मौलाको नामबाट रहन गएको हो । रोल्पाको राङ्कोटमा पनि मौलाकोट भन्ने गाउँ छ । मौलाकोट दाङकै उच्च स्थानमा रहेको छ । जसलाई हामी महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास गर्न सक्छौं ।
Maulakot 4मौलाकोटमा अहिले पनि मौला स्थापित छ । जहाँ हरेक वर्ष मौला भएको स्थानमा जेठपुन्नी (जेठाजे पूर्णिमा)मा बराह, सिद्ध, सातसल्ले, पाटेश्वरी देउताको पूजा हुने गरेको मौलाकोट टोलका अध्यक्ष गंगाबहादुर थापाले बताउनुभयो । जहाँ कन्या केटाले जेठपुन्नीको दिन १२ जोरा (जोडी) रोटी हातले नै तेलको बान (तताएको तेलको भाँडो)बाटै फर्काउँछन् । तातो तेलमा पाक्दै गरेको रोटी फर्काउन कन्या केटा नै हुनुपर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
घोराहीबाट अन्दाजी ६ किमिको दुरीमा रहेको मौलाकोट घोराहीबाट दुई घण्टाको पैदल यात्रा गरेपछि पुग्न सकिन्छ । जहाँबाट दाङ उपत्यका प्रष्ट रुपमा देखिन्छ । मौलाकोटबाट दक्षिणतर्फ दाङउपत्यकासँगै उत्तरमा सिस्ने हिमाललगायतका हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ ।
यातायातका लागि गाउँ नजिकैसम्म बाटोको ट्रयाक खोले पनि उक्त स्थानमा गाउँसम्मै बाटो पुगि नसकेकाले आधा बाटोसम्म गाडी वा मोटरसाइकलमा जान सकिन्छ । त्यस स्थान ‘छल’ ‘छल बाटो’ चलचित्र तथा विभिन्न म्यूजिक भिडियोहरु छायांकन गरिएका छन् ।
घोराही–७ सेवारमा रहेको बराह थानको मूल घण्टीसमेत मौलाकोटमा राख्ने गरिएको छ । चोखो ठाउँ भएकाले मौलाकोटमा बराहथानको घण्टी राख्ने गरेको बराहथान बाह्रकुनेका पुजारी बिष्णु घर्तीमगरले जानकारी दिनुभयो ।
मौलाकोट प्राकृतिकरुपमा सम्पन्न भए पनि यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिएको छैन । मौलाकोटमा मन्दिर स्थापना गर्ने प्रयासमा रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
घोराही नगरपालिका, जिविस र डिभिजन खानेपानीको सहयोगमा मौलाकोटमा सोलार प्रविधिबाट खानेपानी र बिजुलीको व्यवस्था भए पनि त्यहाँ अझै मोटरबाटो पुग्न सकेको छैन ।
मौलाकोटलाई दाङको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न त्यस क्षेत्रमा विकास योजनाहरु लैजान जरुरी छ । सबैभन्दा पहिले मोटरबाटो पूरा गरी पर्यटकहरु सहजै पुग्न सक्ने वातावरण सिर्जना गर्न स्थानीय निकायको ध्यानाकर्षण हुनुपर्छ ।
Maulakot 2

Maulakot 3


Maulakot 5

सुन्दर सल्यान


Salyan 4सल्यान मध्यपश्चिम बिकास क्षेत्रको पहाडी जिल्ला हो । यहाँ विभिन्न किसिमका जडिबुटी, अदुवा, सुन्तला, कागतीका साथै तरकारी राम्रो उत्पादन हुने गर्छ । सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट गाउँमै पुग्ने गर्दछन् ।
प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वद्र्धनको अभावमा ओझेलमा परेको छ । दाङको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको कपुरकोटस्थित देशकै चर्चित तरकारी बजार केन्द्र सल्यानको प्रवेशद्वार हो । सल्यान प्रवेशको मुख्य द्वार कपुरकोट जिल्लाकै चर्चित तरकारी बजार केन्द्र हो । यहाँको तरकारी काठमाडौं, नारायणगढ, वुटवल, नेपालगञ्ज, दाङलगायतका ठाउँहरुमा पुग्ने गर्दछ ।
जिल्लाको बीच भागबाट नै बगेको शारदा नदीले यहाँको सुन्दरता बढाउनुका साथै शारदाका फाँटहरुमा धानबालीका लागि सिचाइको सुविधा प्रदान गरेको छ । राप्ती राजमार्ग सल्यान हुँदै रुकुमसम्म पुगेको छ । त्यस्तै, सुर्खेत हुँदै भेरी नदीको तिरैतिर भएर पश्चिम सल्यानको सल्लीबजारबाट पनि सल्यान प्रवेश गर्न सकिन्छ । यो सडक सुर्खेत हुँदै जाजरकोटसम्म पुग्ने गर्दछ । यहाँ सल्यानका प्रमुख पर्यटकीय स्थलहरुमध्ये छायाक्षेत्र, कुपिण्डे दह र खैराबाङको विषयमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ ।
Salyan 5छायाक्षेत्र
नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पूजा आराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने बताइन्छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।
दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ । सल्यान सदरमुुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूूर्वमा पर्ने उक्त मन्दिर शारदा नदीको पनि पूूर्वतिर रहेको छ ।
त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा–टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतको राम्रो व्यवस्था हुुनसकेको छैन । ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ ।
मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । मन्दिर परिसरको उत्तरतिर एउटा ठूूलो शीला छ, जहाँ सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।
Salyan 2कुपिण्डे दह
सल्यान जिल्लाको प्रमुख पर्यटकीय स्थल भन्दा नि फरक नपर्ला कुपिण्डे दहलाई । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे दह (ताल) कुपिण्डे गाविसमा पर्दछ । सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराऊ कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ  । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो ।
कुपिन्डे दहको क्षेत्रफल कति छ भनेर नाप नभए पनि स्थानीयबासीले २ हजार ८ सय क्षेत्रफलमा फैलिएको दावी गर्छन् । वर्षेनी कुपिण्डे दहसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढा भक्तजनहरु समेत आउने गर्दछन् । दहकै छेऊमा रहेको मन्दिरमा बराहदेवको आराधना गरिन्छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूर्णिमाका दिन ठूलो मेला लाग्दछ ।
Salyan 3कुपिण्डे दह संरक्षण समितिले दहमा डुङ्गा सञ्चालनमा ल्याएको छ । उत्तर दक्षिणतर्फ फैलिएको उक्त दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ र उत्तरमा दह । दहमा पानी कतैबाट आउँदैन तर दक्षिण खाडल भएर निस्कन्छ । वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । राम्रो सम्भावना हुँदाहुँदै पनि विकासका पूर्वाधारहरुको अभावका कारण कुपिण्डे दहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिएको छैन ।
खैराबाङ
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको शारदा नगरपालिका वडा नं. ११ खैराबाङमा रहेको मन्दिर स्थललाई सत्य युगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भ्रमण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो मन्दिर सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिण खैराबाङमा पर्दछ । खैराबाङ पुग्न सल्यानको व्यापारिक केन्द्र शीतलपाटीबाट एक घण्टा र सदरमुकाम खलंगा हुँदै साढे दुई घण्टा लाग्दछ ।
salyan 1खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरुको घुइँचो लाग्दछ । यस मन्दिरमा भवानी भुवनेश्वरीले मनले चिताएको मनकामना पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ ।

खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (इष्र्या) त्याग्न देवीसँग माग गरिन्थ्यो । खैराबाङमा पञ्चबलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउँदछन् ।