Our Tourism

Saturday, August 6, 2016

राजीनामा नै ओलीको सच्चा ‘राष्ट्रवाद’ हो

यही द्वन्द्वको शिथिलीकरणमा भन्दा वृहतीकरण गरी माथिको पहिलो मान्यतामा आधारित राष्ट्रवाद नै मूलप्रवाह हो भन्ने सोचबाट वर्तमान वातावरण निर्माण भइरहेथ्यो, जुन धरातलका नायक बनिरहेथे केपी ओली ।
KP Oliभीमसेन थापालाई महानायक मान्ने र राजा महेन्द्रलाई मात्रै सच्चा राष्ट्रवादी ठान्नेहरुको भावना केपी ओलीजीले साँच्चि नै जिते ।
ओलीजीले अनधिकृतरुपमा उठाएका विकासका केही सपनाहरुको ठूलै प्रशंशक हो यो लेखक । उनले उठाएका ती सपना किन अनधिकृत हुन् भने ती उनीसमेतले निर्माण गरेका राष्ट्रको नीति तथा कार्यक्रमसँग सम्वन्धित कुनै दस्तावेजमा छैनन् ।
तर, उनले अहिलेसम्म देखाएको राष्ट्रवादको अडानको रुप र त्यसैको पृष्ठभूमिमा अंगीकार गरिएको चोथाले र उत्तेजक परराष्ट्र नीतिको भने म कटू आलोचक रही आएको छु ।
यति हुँदाहुँदै पनि उनले गरेको अन्तिम निर्णय अर्थात राजीनामा र अर्को सरकारका लागि मार्गप्रशस्त गरिदिने कामचाँहि सबै भन्दा बढी राष्ट्रवादी भयो भन्ने विश्लेषण छ मेरो । उनको शासनमा मधेस वहिष्करणमा पर्‍यो र राष्ट्रिय राजनीतिको मूल प्रवाहवाट एक थरी जनता र राजनीतिक शक्ति अलग बस्न बाध्य भए । विस्तारै उत्ताउलिएको एकांगी राष्ट्रवादबीच राष्ट्र विखण्डनको सम्भावना बढ्दै गएको थियो । यदि यो द्वन्द्व अझ बढेको भए नेपालको विभाजनको सम्भावना निकै प्रवल भइसकेको थियो । अहिले पनि सायद अन्तरिम विश्राम मात्रै हुन सक्छ ।
भीमसेन थापाको ढिपीले खण्डित भनेको नेपाल अर्काे ढिपीले फेरि टुक्रिन सक्थ्यो । तर, यो स्थितिलाई केपी ओलीले राम्ररी भाप्ने काम गरे । संविधानको अर्कमण्यतालाई औजार बनाएर उनले सत्ता ओगटिरहन सक्ने थिए । व्यवस्थापिका संसद पनि विघटन गर्न सक्थे । यही संविधान ‘वाइमर’ संविधानको नेपाली संस्करण हुन सक्थ्यो । उनले यी सबै कार्यतर्फ लाग्ने कोशिस् गरेनन् । सबैले सोचेको भन्दा सहज र कम कटुतामा राजीनामा दिए ।
परिणामस्वरुप मधेसका राजनीतिक शक्तिहरु राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समावेश भई वैधानिक बाटोमा आएका छन् । यसले राष्ट्रियता दह्रो भएको छ ।
एकातर्फ भीमसेन थापापन्थी र महेन्द्रवादीको नेता केपी ओली हुन पुगे भने अर्कातर्फ बाहिरिएकाहरु मूल प्रवाहमा आउन शुरु गरे । दुबै पक्ष एकअर्काका प्रतिपक्ष भएर प्रजातान्त्रिक सहकार्यमा रहने वातावरण बनेको छ अहिले ।
यो लेखक केपी ओलीको राष्ट्रिय अखण्डता अक्षुण राख्ने यो कदमलाई सर्वाधिक राष्ट्रवादी ठान्दछ, पूर्ववत् ‘पोस्चरिङ’मा रहेर एउटा भूखण्डमा पृथकतावादी सोच मौलाउने हदसम्मको उत्तेजनात्मक अडानलाई हैन ।
२०७३ साउन २१ गते १७:३२ मा प्रकाशित अन्लाइन् खबर् डट कम बात साभारित् 

Thursday, August 4, 2016

पाँच प्रश्न, जसले प्रचण्डलाई पछ्याइरहनेछन्

Prachanda
टिप्पणी । नौ महिनाका लागि समय तोकेर प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा नेपाली कांग्रेसका एक नेताले भने, नयाँ सरकार त ‘केपी ओलीको राष्ट्रवाद’ले थिचिने भो ।
कांग्रेस र मधेसी मोर्चाको समर्थनमा प्रचण्ड बुधबार दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भए । बिहीबार अपराहृन सपथ लिएपछि औपचारिकरुपमा सिंहदरवारको शासन प्रचण्डको हातमा जाँदैछ ।
माओवादी अध्यक्ष प्रचण्डले आफैंले बनाएका वामपन्थी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेका छन् । तर, प्रचण्डको यो नौ महिने शासनकाल  अवसर भन्दा जोखिमले भरिएको हुनेछ ।
संविधान कार्यान्वयन, मधेस समस्या समाधान र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु प्रचण्डका मुख्य कार्यभार हुन् । तर, यो जिम्मेवारी पूरा गर्नुअघि प्रचण्डले पाँच अरोपको जवाफ दिनुपर्ने हुन्छ, त्यो पनि मुखले बोलेर मात्र होइन, व्यवहारबाटै
१. राष्ट्रियताबाट विचलन 
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नौ महिने शासन कालमा ‘राष्ट्रवाद’ को चर्को नारा दिए । जसलाई प्रचण्ड ‘संर्कीण राष्ट्रवाद’ र मधेसी मोर्चाले ‘नक्कली राष्ट्रवाद’को संज्ञा दिएका छन् ।
तर, प्रचण्डले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएदेखि नै अरु (भारत) को इशारामा चलेको आरोप लागेको छ । खासगरी प्रधानमन्त्री ओली स्वयं र एमालेका जिम्मेवार नेताहरुले यो आरोप प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगाए । जुन सामाजिक सञ्जालमा हावी भएको छ ।
प्रधानमन्त्री प्रचण्डको पहिलो चुनौती हुनेछ कि राष्ट्रियताबाट विचलन छैन भनेर व्यवहारबाटै देखाउनु । हुन त संसदमा प्रधानमन्त्रीको उम्मेदवारी दिँदै गर्दा उनले सबै नेपाली राष्ट्रप्रति बफादार रहेको भन्दै कसैले पनि त्यसको प्रमाण प्रस्तुत गर्नु नपर्ने बताएका छन् ।
तर, यति भन्दा भन्दै पनि उनी आफैंले फास्ट ट्राक नेपाल सरकारले नै बनाउँछु भनेर जवाफ दिए । चीनसँग भएको सम्झौता कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाए ।
यो उनले म राष्ट्रिय हित विपरीत कसैसँग सम्झौता गर्दिँन भनेर दिएको स्पष्टीकरण भन्दा फरक पर्दैन । तर, ओलीले स्थापित गरेको उनकै शब्दमा राष्ट्रवाद यदि बलियोसँग स्थगित भएको छ कि प्रचण्डको ओठे प्रतिवद्धताले केही हुनेवाला छैन । उनले प्रधानमन्त्रीको कुुर्सीमा बसेको पहिलो दिन शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्दासम्म व्यवहार र कामबाट यसलाई देखाउनुपर्छ । नभए कुनै पनि बेला प्रश्न उठ्नेछ ।
२. वामपन्थी एकता तोडेको आरोप
केपी ओलीलाई प्रधानमन्त्री बनाउँदै गर्दा धेरै माओवादी नेता कार्यकर्ताले एमालेसँग पार्टी एकतासम्मको सपना देखेका थिए । भलै यो उनीहरुले सोचे जस्तो सहज थिएन ।
र, मुलुकको सबैभन्दा प्रजातान्त्रिक शक्ति कांग्रेसलाई प्रतिपक्षमा राखेर बनेको ओली सरकार वामपन्थीहरुको सरकार थियो । भलै पूर्व पञ्चहरुको पार्टी राप्रपा नेपाल र राप्रपा पनि सरकारमा थियो । ओली सरकारलाई विस्थापित गर्न प्रचण्डले कांग्रेससँग गठवन्धन गर्ने निर्णय गरे ।
योसँगै उनीमाथि वामपन्थी एकता तोडेको आरोप लगेको छ । अब प्रचण्डले यो प्रश्नको जवाफ दिनु पर्नेछ ।
३. ‘लोकप्रिय’ बजेट र नीति तथा कार्यक्रममा अवरोध
प्रचण्डसँग सत्ता हस्तान्तरणको भद्र सहमति गरेर केपी ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए । जसलाई एमालेले ‘लोकपि्रय’ बजेटको संज्ञा को छ । र, बजेटमा सामाजिक सुरक्षा भत्तामा बृद्धि गरिनुका साथै रेलदेखि विकासका धेरै सपना देखाएको छ ।
सरकार परिर्वतनसँगै प्रचण्डमाथि यो ‘लोकपि्रय’ बजेट र नीति तथा कार्यक्रममा अवरोध गरेको आरोप लागेको छ । र, यो प्रश्नको पनि प्रचण्डले पटक-पटक जवाफ दिनुपर्ने हुन्छ । संसदमा प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै गर्दा प्रचण्डले यसको संकेत गरिसकेका छन् ।
सरकारले बजेट छुट्याएका कुनै पनि कार्यक्रम नरोक्ने प्रचण्डले प्रतिवद्धता जनाएका छन् । तर, यो पनि भनेर मात्र होइन, व्यवहारमै देखाउनु पर्ने हुन्छ प्रचण्डले ।
४. अस्थिरता निम्त्याएको आरोप
वैशाखमा नौबुँदे सहमति गर्दा एमाले र माओवादीबीच प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो । भलै, त्यसको भोलिपल्टदेखि स्वयं केपी ओली र उनका निकटवर्तीहरुले सार्वजनिक रुपमा खण्डन गरे । तर, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले सार्वजनिक रुपमा नै स्वीकार गरेकाले भद्र सहमति थियो भन्नेमा शंका रहेन ।
भद्र सहमतिपछि प्रचण्डले सार्वजनिकरुपमा आफू राष्ट्रिय सरकारको पक्षमा रहेको बताउन थाले । उनले यसो भन्दै सरकार गठनको माहौल बनाउन चाहेका थिए । तर, अहिले कांग्रेससँग मिलेर बहुमतीय सरकार बनाएपछि उनीमाथि अस्थिरता निम्याएको आरोप लागेको छ ।
र, यो प्रश्नले पनि प्रचण्डलाई पछ्याइरहनेछ ।
५. चीनसँगको सम्झौता के हुन्छ ?
प्रधानमन्त्री हुँदै गर्दा नै यो प्रश्न प्रचण्डले धेरैपटक फेस गरिसकेका छन् । तर, अझै प्रश्न आउन छाडेको छैन । भारतले नेपालमा नाकाबन्दी गरेका बेला चीनसँग इन्धन आयात, पारवहनसहितका १४ बुँदे सम्झौता भएको थियो । यो नेपालका लागि तत्कालीनभन्दा दीर्घकालीन हितमा छ ।
केपी ओलीले आफ्नो ९ महिने शासनकालको ठूलो सफलताका रुपमा लिएका छन् र, यसको श्रेय आफूले मात्र लिन चाहेका छन् । यद्यपि यसमा माओवादीका नेताहरु कम भूमिका छैन ।
तर, प्रधानमन्त्री बन्दा गर्दा प्रचण्डमाथि कसैको इच्छाअनुसार चीनसँगको सम्झौता कार्यान्वयन हुन नदिन सरकार ढालेको आरोप लगाइएको छ । निवर्तमान प्रधानमन्त्री ओली स्वयंमले चीनसँगको सम्झौता के हुन्छ भन्दै प्रश्न गरेर घुमाउरो शैलीमा यो आरोप लगाएका छन् ।
प्रचण्डले यो प्रश्नको पनि जवाफ दिइरहनुपर्नेछ । र, बोलेेर मात्र पुग्ने अवस्था छैन, व्यवहारबाटै देखाउनुपर्छ । हुन त प्रचण्डले संसदको रोष्टममा उभिएर नै चीनसँग भएको सम्झौतामा आफ्नो पनि स्वामित्व दावी गरेका छन् र कार्यान्वयनको बाचा गरेका छन् ।
तर, न त ओलीले त्यति सजिलै यसको श्रेय बाँड्नेछन् न प्रचण्डलाई प्रश्न आउन छाड्नेछ ।
अन्लाईन खबर डट कम बाट सभारित मिती २०७३ श्रावन 21

ओलीका केही कर्मः कसले सम्झिने ? किन सम्झिने ?

KP Oli
टिप्पणी । प्रधानमन्त्रीबाट निवर्तमान भएलगत्तै केपी शर्मा ओली संसद भवनको मुख्यद्वारबाट सानका साथ निस्किए । उनका पछाडि करीव दर्जन सांसदहरु थिए । टेलिभिजन क्यामेराहरुले घेरिएका उनले करीव तीनचार मिनेट जति चारैतिर नियाले, अनि प्रफुल्ल मुद्रामा हात हल्लाउदै मिडियाकर्मीसँग प्रतिक्रिया नदिई बाहिरिए ।
ओली अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट बाहिरिँदा करीव तीनचार सय युवाहरु राष्ट्रिय झण्डा फहराउँदै प्रतिरक्षारत थिए । ओली बालकोटतिर लागेसँगै उनका समर्थकहरु पनि नारा लाउँदै अघि बढे । बालकोटमा उनी पुग्दा सयौं सर्वसाधारण ओली निवास बाहिर जम्मा भइसकेका थिए ।
युवा संघ र अनेरास्ववियुका नेता-कार्यकर्ताहरु समेत थपिएपछि ओली निवासको प्राङ्गण सानोतिनो आमसभामा परिणत भयो । ‘ओलीका लागि होइन, भोलिका लागि’ भन्दै पुगेका समर्थकलाई सम्बोधन गर्दै उनले भनेको एउटा वाक्य निकै अर्थपूर्ण छ, जसले अबका केही दशक नेपालको राजनीतिक नचाहेर पनि त्यसकै वरिपरि घुम्नेछ ।
ओलीले भनेका छन्- ‘म मरेका सपनाहरुको मलामी भएर होइन, मुर्छित सपनाहरुलाई ब्युँझाएर फर्किएको छु, अबको २० वर्ष जो प्रधानमन्त्री भए पनि मैले अघि सारेका आर्थिक सम्वृद्धिका एजेण्डाबाट भाग्न सक्दैन ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको शब्द जस्ताको त्यस्तै उधृत गर्दा ओलीका कुरालाई हावादारी भनेर उठाइए पनि आर्थिक सम्वृद्धिका लागि उनले देखेका सपना र अघि सारेका एजेण्डामा राष्ट्र एक दिन हिँड्नैपर्छ ।
यो कुरा संसदको रोष्टमबाट नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड र उनका मुख्य सारथी शेरबहादुर देउवाले स्वीकार गरिसकेका छन् । ओलीले अघि सारेका विकास योजना र चीनसँगका सम्झौतालाई अघि बढाउछौं भन्नुको सार त्यही हो ।
सानले आए, सानले गए
ओलीका कामको समीक्षा गर्ने दृष्टिकोण फरक-फरक हुन सक्छन् । तर, एउटा कुराचाहिँ सबैले देखेको के हो भने-ओली जसरी प्रधानमन्त्री निर्वाचित भएर बालकोटबाट बालुवार छिरेका थिए, त्यसैगरी निवर्तमान भएर बालुवाटारबाट बालकोट फर्किए ।
‘सानका साथ गए, सानका साथ फर्किए’ सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा प्रायः सबैले गरेको साझा टिप्पणी यही हो । प्रधानमन्त्रीबाट बाहिँरिदै गर्दा उनमा कुर्सी हरणको कुनै अपशोच थिएन । बरु जाँदा जाँदै बालुवाटारमा पिपलको विरुवा रोपेर भविश्यका प्रधानमन्त्रीले पानी हाल्नुपर्ने बाध्यता बनाएर हिँडे, जुन सांकेतिक तर अर्थपूर्ण छ ।
ओलीलाई किन सम्झिने ?
उनी प्रधानमन्त्री हुँदा मुलुक नाकाबन्दीबाट क्लान्त भएको थियो । तराई मधेसमा हिंसा मच्चिएर धेरैको ज्यान गइरहेको थियो । उनले नाकाबन्दी खुलाउनका लागि भारतका अनुचित शर्त मानेनन्, बरु भारत भ्रमण गर्ने मोदीको निम्तो उनले नाकाबन्दी नखुलेसम्म अस्वीकार गरे ।
जनताको साथ लिएर उनले नाकाबन्दीको सामना गरे । भूकम्पले थिलचिलो भएको छिमेकीलाई नाकाबन्दीको उपहार दिएको विषय अन्तर्राष्ट्रियकरण गरे । अन्ततः नाकाबन्दी पनि खुल्यो र मधेसी मोर्चाको आन्दोलन पनि साम्य भयो । ओलीले राष्ट्रिय स्वाधीनताको त्यो लडाइँ प्रचण्डको साथ लिएरै लडेका थिए, जसका पछाडि जनताको अपार समर्थन थियो ।
ओलीलाई सम्झिनुपर्ने अर्को कारण भनेको नेपाल आफैंले आफ्नो निर्णय गर्न सक्छ भन्ने पुष्टि गरे । नेपाल आफैंले केही गर्न सक्दैन, हामी सबै कुरामा भारतको इशारामा चल्छौं भन्ने मान्यता खण्डित गरे । छिमेकीको अनुचित चलखेल र हस्तक्षेपका बारेमा उनले जनताले सुन्ने गरी बताइदिए । यही आधारमा उनले जनताबीच आफ्नै राष्ट्रिय व्यक्तित्व पनि निर्माण गरे
ओलीको यही स्वतन्त्र निर्णय लिने अडानका कारण विगतमा नेपाल सन्दर्भमा सानातिना कुरामा पनि सुझाव दिन अघि सर्ने भारत पछिल्लो समयमा नेपाल नीतिमा टोन परिवर्तन गर्न थाल्यो । साउथ ब्लकमा हुने पत्रकार सम्मेलनहरुमा पछिल्ला दिनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालको आन्तरिक मामिला भन्दै तर्किनुलाई यसरी बुझ्न सकिन्छ ।
आउनेलाई निगरानी
नेपाललाई भारतवेष्ठितबाट साँचो अर्थमा सन्तुलित सम्बन्धमा ल्याउन ओलीले गरेको आँट पूर्वाग्रही चश्मा खोलेर हेर्ने हो भने असाधारण हो । चीनसँगको व्यापार तथा पारवहन सम्झौता अब ओलीपछि आउने कुनै पनि प्रधानमन्त्रीले नजरअन्दाज गर्न सक्दैनन् ।
विशेष गरी चीनसँगका सम्झौता, काठमाडौं तराई फास्ट ट्रयाक, निजगढ विमानस्थल जस्ता परियोजनाहरुमा अबको सरकारले तलमाथि गर्नासाथ जनता जाग्ने मैदान खनेर हिँडे ओली । अबका सरकारले यी विषयमा तलमाथि गर्नासाथ ठूलो बिरोध सामना गर्नुपर्नेछ, जुन खतरा मोल्न निकै कष्ट हुनेछ ।
फास्ट ट्र्याक हामी आफैं बनाउन सक्छौं, हुलाकी राजमार्ग आफैं निर्माण गर्न सक्छौं, नेपालीले ढिलो वा चाँडो केरुङ हुँदै लुम्बिनीसम्म रेलवे लाइन देख्न सक्छन् भन्ने आशाको सञ्चार भएकै हो ।
प्रचण्डले स्रोत कहाँ छ भनेर प्रश्न गरे पनि उनले यी काम अघि नबढाए जनताले स्रोत देखाउँदै प्रश्न गर्ने गरी ओली बाहिरिएका छन् ।
मधेसप्रति ओली मोह
तराई मधेसको समथर भूभाग अन्न उत्पादनको उर्वर थलो हो । तर, लामो समयदेखि तराई मधेस राजनीतिको रोटी सेक्ने थलोमात्र बन्यो । पछिल्लो मधेस आन्दोलनताका मधेसमा ओलीको तस्वीर मधेस बिरोधीका रुपमा ब्यापक प्रचार गरियो । उनका भाषणलाई प्यारोडी बनाएर घन्काइयो ।
तर, ओलीले बजेटमार्फत तराई मधेसमा उनीप्रतिको धारणा परिवर्तन हुनेखालको कार्यक्रम ल्याए । मधेसका जिल्ला सदरमुकामहरुको विकासमा जुन बजेट उनले पठाएका छन्, त्यो खर्च भयो भने सम्बृद्ध तराईको सपना पूरा हुने बाटोमा जानेछ । हुलाकी राजमार्ग भारतले ओगटेरमात्रै राखेपछि ओलीले आफैं बनाउने गरी बजेट विनियोजन गरे ।
तराई मधेसमा सिञ्चाइ र त्यहाँका भूमिहीन तथा दलिहरुको सामजिक उत्थानका लागि विनियोजित बजेट कार्यान्वयन हुँदा मधेसी जनताले महशुस हुनेखालको परिवर्तन सायद देख्नेछन् । एमालेले सम्भवतः यही कुरा बोकेर तराई मधेसमा प्रवेश गर्नेछ । तर, यो बजेटमा राजनीति होइन, कार्यान्वयन आवश्यक छ ।
एमालेलाई दोस्रो ९ महिने संस्करण
एमालेको हकमा ओलीले केही चुनावी मसला र केही भाषणका टिप्स दिएर गएका छन् । अब एमालेले सधैंभरि मनमोहन अधिकारीको ९ महिने अल्पमतको सरकार सम्झेर बस्नु परेन । ओलीले नौ महिने सरकारको दोस्रो उपलव्धीको संस्करण निकालेका छन् ।
२० वर्षअघि एमालेकै पालामा शुरु भएको १ सय रुपैयाँ बृद्धभत्ता २ हजार पुर्‍याएको र अपांगता तथा विधवा भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रम एमालेका पुँजी हुन् । जसलाई ओलीले बढाइदिएका छन् । एमालेको महाधिवेशनबाटै राजनीतिक क्रान्ति सकियो भन्दै अब आर्थिक सम्बृद्धितर्फ जाने बाटो तय भएको थियो । त्यसलाई ओलीले व्यवहारमा कार्यन्वयनको गोरेटो कोरे ।
एमाले सचिव प्रदीप ज्ञवालीको विश्लेषण मान्ने हो भने अब देशको राजनीतिक कम्तिमा २० वर्ष ओलीकै एजेण्डाको वरिपरि घुम्नेछ । यो देशमा केही हुँदैन भनेर निराश बनेको युवा पुस्तामा ओलीले उत्साह भरेका छन् । राजनीतिलाई हेट गर्ने पुस्तामा ओली क्रेज देखिनु त्यसको संकेत हो । जुन क्रेज ०६४ को चुनावमा प्रचण्डप्रति थियो ।
पार्टीभित्रको सन्तुलन, सरकारका नियुक्तिहरुमा माधव नेपाल पक्षले ओलीबाट निषेधको व्यवहार खेप्नुपरेको गुनासो गरेको छ । गुटभन्दा माथि उठ्न नसक्ने नेता राजनेता कसरी बन्न सक्छ ? सायद ओलीका लागि यो प्रश्ने घोच्ने नै छ । तर, माधव नेपाल पक्षकै सांसद गणेश पहाडी बुधवार भन्दै थिए-ओलीले गुट चलाए पनि प्रत्येक निर्वाचन क्षेत्रमा एमालेका १५ सय भोट बढाइदिए ।
‘ओलीका लागि होइन, भोलिका लागि’
अनिल ताङबे गुरुङ एक प्रतिष्ठित व्यवसायी हुन् । मुस्ताङको कोरोला नाका खुलाउन उनले ३ वर्षदेखि गरेको प्रयास यसपटक आंशिक सफल भयो । उनी बिचारले कहिल्यै एमाले होइनन् तर आर्थिक सम्बृद्धि र राष्ट्रिय स्वाभिमानका सन्दर्भमा उनी ओलीका फ्यान भए । भन्छन्-ओलीका लागि होइन, भोलिका लागि म उनलाई समर्थन गरिरहनेछु ।
ओलीले धेरै केही गरेनन् । तर, मुर्झाएका सपनाहरु ब्युँझाइदिए, जसले गर्दा अब आर्थिक सम्बृद्धिको बहस नेपालमा मुख्य एजेण्डा बनेको छ । ओलीमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि एमालेका युवा नेता कार्यकर्ताहरु स्वतन्त्र युवा पनि बने । तर, त्यो भीडमा अर्थात ओलीका लागि होइन भोलिका लागि भन्ने लहरमा सानो हिस्सामा साँच्चिकै स्वतन्त्र युवा पनि थिए । जो एमालेका लागि होइन, एजेण्डाका लागि गएका थिए ।
आलोच्य ओली
जाँदाजाँदै ओलीले राष्ट्रिय ढुकुटीबाट अनावश्यक संस्था र व्यक्तिहरुलाई रकम बाँडे । गुगल ब्याइ नामले चिनिने आदित्य प्रतिष्ठानलाई तीन दलका शीर्ष नेताकै सहमतिमा एक करोड दिए । तर, महावीर पुनको अनुसन्धानमा एक कौडी पनि दिएनन् । यस्ता कुरामा ओली अरुको सुन्ने भन्दा पनि आफ्नो मनको निर्णय गर्ने स्वभावका कारण सधैं आलोचित छन् ।
सत्ता साझेदार प्रचण्डको मन किन फटाए ? गठबन्धनको साथ किन टुटाए ? माधव नेपाल, झलनाथ र बामदेव गौतमहरुको हात किन छुटाए ? यी प्रश्नको उत्तर ओलीले कतिपय दिइसकेका छन्, कतिपयको दिँदै गर्लान् । तर प्रधानमन्त्रीबाट बाहिरिदै गर्दा उनले जुन राष्ट्रिय नेताको उचाइ बनाएका छन्, यसलाई कायम राख्न आन्तरिक लोकतन्त्रलाई स्वीकार गर्दै पार्टीभित्रको एकता कायम गर्नु उनको सबैभन्दा ठूलो चुनौति हो । एमालेभित्रै साझा हुन नसक्ने नेता देशको साझा हुन सक्दैन भन्ने उनले बुझेका होलान् ।
अब मधेसीको मन बुझ्ने ?
ओलीले मधेस आन्दोलन मत्थर पारे । तर, आन्दोलनको मुद्दा टुंगो लगाउन सकेनन् । उनले चाहेर पनि गरेनन् वा उनको बशमा रहेन ? यसको जवाफ समयक्रममा आफैं आउनेछ । पछिल्लो तीनबुँदेले के प्रष्ट पारेको छ भने- या त ओलीप्रति मधेसी मोर्चाको विश्वास थिएन, अथवा यसको कमाण्ड अन्तै थियो ।
मधेसी र कतिपय आदिवासी जनजाति अगुवाहरुले उनलाई सामाजिक न्यायको विपक्षी नेताका रुपमा चित्रित गर्ने गरेका छन् । तराई मधेसको सम्बृद्धिमा उनले बजेट मार्फत जवाफ दिन खोजे पनि संविधानमा मधेसी समुदायले खोजेको के हो भन्ने कुरा अब प्रधानमन्त्रीका रुपमा होइन, पार्टी अध्यक्षका रुपमा उनले तराई झरेर खोज्नु उपयुक्त हुनेछ ।
जसरी पहाड र हिमालमा उनलाई राष्ट्रवादी नेताको उचाइ मिलेको छ, तराईका जनताले पनि उनीमाथि त्यहीरुपमा गर्व गर्ने अवस्था उनी आफैंले निर्माण गर्न सकुन् । जनता यस्ता प्राणी हुन्- जसलाई गाली गर्छन्, समय बित्दै जाँदा उसैसँग गला मिलाउँछन् ।

अन्लाईन खबर डट कम बाट सभारित मिती २०७३ श्रावन 21

Monday, July 4, 2016

पुराना सन्धी सम्झौता पुनरावलोकन गर्न भारत तयार

प्रबुद्ध समूह बैठकः पुराना सन्धी सम्झौता पुनरावलोकन गर्न भारत तयार

२० असार, काठमाडौं । नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले गठित प्रबुद्ध समूह (इपीजी)को बैठक सोमबार काठमाडौमा सुरु भएको छ ।
बैठकको उदघाटन गर्दै परराष्ट्रमन्त्री कमल थापाले वर्षौं पुराना सम्झौताले अहिलेका माग र आवश्यकतालाई सम्बोधन नगर्ने भन्दै सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनका लागि तयार हुन भारतलाई आग्रह गरे ।
उदघाटनका क्रममा मन्त्री थापाले इपीजीको बैठक दुबै मुलुकका लागि सम्बन्ध सुधार गर्ने उपयुक्त अवसर भएको बताए । उनले दुई मुलुकको सम्बन्ध सन्धी र सम्झौताबाट अगाडि बढ्ने भन्दै विगतका सन्धी र सम्झौतामा पुनरावलोकन आवश्यक रहेको बताए ।
प्रबुद्ध समूहमा नेपालका तर्फबाट डा. भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई सदस्य हुनुहुन्छ । यस्तै भारतका तर्फबाट भगतसिंह कोसियारी, जयन्त प्रसाद, प्रा. महेन्द्र पी लामा र प्रा. बीसी उप्रेती छन् ।
उदघाटन सत्रमा भारतीय प्रबुद्ध समूहको नेतृत्व गरेका भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले भारतले कहिल्यै पनि नेपालको अहित नचाहेको भन्दै विगतका सन्धी सम्झौता पुनरावलोकनका लागि भारत तयार रहेको बताए । उनले भारतीय र नेपालीको रगत समूह एउटै भएको भन्दै भारत नेपाललाई विच्क्याउने र अपहेलित गर्ने पक्षमा नरहेको प्रष्ट्याए ।
नेपाली प्रबुद्ध समूहको नेतृत्व गरेका पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले विगतमा भएका कतिपय सन्धी सम्झौताका कारण उत्पन्न तिक्तता मेटाउन बैठकमा सक्दो प्रयास गरिने बताए ।
दुबै देशका प्रबुद्ध समूहले बैठकका एजेण्डा सार्वजनिक गरेका छैनन् । बैठक मंगलबारसम्म चल्ने छ । बैठकमा सन् १८१६ को सुगौली सन्धी तथा सन् १९५० को शान्ति तथा मैत्री सन्धी खारेजीको प्रस्ताव गर्न सीमाविदहरुले सुझाव दिएका छन् ।

Monday, June 27, 2016

सुन्दर रारा

समृद्ध मध्यपश्चिम : स्वर्गको टुक्रा सुन्दर रारा


Rara (1)preeti to unicode or unicode to preeti convet 
नेपालको सबैभन्दा ठूलो तालमात्र नभएर विश्वमा एक मात्र स्थान हो स्नो टाउट प्रजातिको माछा पाइने स्थल रारा । प्रकृतिको अनुपम उपहारका रुपले भरिएकाले होला राराका बारेमा राजा महेन्द्रले कविता नै रचे ।
अहिले सबै नेपाली पुग्न चाहने स्थलमध्ये एक हो । वरिपरि जंगलको बीचमा समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा तालमा विश्वमै कहिं पनि नभेटिने स्नो टाउट प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो रङ्ग दिने गर्दछ ।
नेपालको सबैभन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ । मुगु जिल्लालाई सडकले छोएपछि रारामा आन्तरिक पर्यटकको निकै आगमन भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भोगेन्द्र रायमाझी बताउँछन् ।
रारामा पुग्नका लागि ताल्चा विमान स्थलमा नियमित उडान हुने हो भने हवाई मार्ग भएर आउने पर्यटकको पनि बृद्धि हुने बताउँछन् पर्यटन व्यवसायीहरु ।
कसरी पुग्ने ?
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापश्चात् पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल दुरीपश्चात् रारा ताल पुग्न सकिन्छ ।
सुर्खेतदेखि दुई दिनको बस यात्रापश्चात् पुग्न सकिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ राराताल ।
rara_1
Rara_3
Rara (4)

Rara_2

सुन्दर रारा

समृद्ध मध्यपश्चिम : स्वर्गको टुक्रा सुन्दर रारा


Rara (1)preeti to unicode or unicode to preeti convet 
नेपालको सबैभन्दा ठूलो तालमात्र नभएर विश्वमा एक मात्र स्थान हो स्नो टाउट प्रजातिको माछा पाइने स्थल रारा । प्रकृतिको अनुपम उपहारका रुपले भरिएकाले होला राराका बारेमा राजा महेन्द्रले कविता नै रचे ।
अहिले सबै नेपाली पुग्न चाहने स्थलमध्ये एक हो । वरिपरि जंगलको बीचमा समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा तालमा विश्वमै कहिं पनि नभेटिने स्नो टाउट प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो रङ्ग दिने गर्दछ ।
नेपालको सबैभन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ । मुगु जिल्लालाई सडकले छोएपछि रारामा आन्तरिक पर्यटकको निकै आगमन भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भोगेन्द्र रायमाझी बताउँछन् ।
रारामा पुग्नका लागि ताल्चा विमान स्थलमा नियमित उडान हुने हो भने हवाई मार्ग भएर आउने पर्यटकको पनि बृद्धि हुने बताउँछन् पर्यटन व्यवसायीहरु ।
कसरी पुग्ने ?
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापश्चात् पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल दुरीपश्चात् रारा ताल पुग्न सकिन्छ ।
सुर्खेतदेखि दुई दिनको बस यात्रापश्चात् पुग्न सकिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ राराताल ।
rara_1
Rara_3
Rara (4)

Rara_2
प्रिय छोरीहरु आशिका तथा आरूषि,
धेरै धेरै माया र प्रेम अनि सम्झना ।
छोरीहरु, विशेष, तिमीहरुको सम्झनाले सताएकाले अस्पतालको बेडबाट यो चिठी लेख्दैछु । मैले गर्ने माया र ममता यो चिठीको पानामा कोरेर व्यक्त गर्न त्यति शब्दहरु पनि छैनन् । लेख्न पनि सक्दिनँ । यो मायालाई नाप्ने यत्रो यन्त्र बनेको छैन, नभए यति केजी छ भनेर पठाउँथेँ । जे होस्, तिमीहरुप्रति मेरो धेरै माया छ ! प्रेम छ र शुभकामना छ ।
तिमीहरुलाई राम्रो गार्जियनसीप दिएर समाजका राम्रा, सहयोगी, सुशील तथा देश र जनताप्रति बफादार नागरिक बनाउने अनि नारी सशक्तीकरणका लागि अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो ! चाहे त्यो डाक्टर भएर होस्, चाहे इन्जिनियर भएर वा हाउसवाइफ नै भएर किन नहोस् । तर, दैवको लीला, छोरीहरु, तिमीहरुलाई मेरो रोगबारे त्यति थाहा छैन । जे थाहा छ, मलाई क्यान्सर भएको भन्ने आशिकालाई थाहा छ । तर, यसको अन्तबारेमा तिमीलाई पनि थाहा छैन । शायद थाहा पाउनुअगाडि नै मैले यो संसार छाडिसकेको हुनेछु ।
Doctor-Chitra,-Chitra-Wagleछोरीहरु, मान्छेले जन्मेपछि अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । त्यस्तै, म पनि । तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ । तिमीहरुलाई सधैँ सहायता गर्ने तिम्री आमा रहनेछिन् अनि तिम्रा हजुरबुवा र हजुरआमाले साथ दिनुहुनेछ । उहाँहरुको सुझाव र सल्लाह सधैँ मान्नू ।
जीवनमा आफ्नो उद्देश्यप्रति लागिपरेर त्यो पूरा गर्नू । बाबुको अभाव कहिल्यै महसुस नगर्नू । तिमीहरुलाई सहयोग र साथ दिन बोल्ड हृदय भएकी आमा छिन् । उनको कुरा सधैँ शिरोपर गर्नू ! पालना गर्नू । उनका वचनहरु तिमीहरुका लागि मार्गदर्शन हुनेछन्, नानीहरु ! तिमीहरुले एउटा अपाङ्ग बच्चाको (दाइको) पनि रेखदेख गर्नू, जसलाई सहयोगको आवश्यकता छ ।
प्रिय छोरीहरु, हामीले छोरा र छोरीमा भेद गरेनौँ । यो तिमीहरुलाई थाहा छ । तिमीहरु आमाको गर्भमा हुँदा नै मलाई तिमीहरु छोरी हौ भन्ने थाहा थियो । ‘यो पुरूषप्रधान देशमा छोरा चाहिन्छ, यसलाई गर्भपतन गरा’ भन्ने मान्छे तथा इष्टमित्रहरु धेरै थिए । तर, म र तिम्री आमाले छोरा र छोरीमा कुनै भेदभावको अनुभूति नगरी तिमीहरुलाई जन्मायौँ, हुर्कायौँ । तिमीहरु हाम्रो लागि छोरासरहका हौ । छोरा र छोरी भनेर म र तिम्री आमाले कुनै भेदभाव गर्ने गरेको छैन ।
एउटा चिन्ता छ, तिमीहरुलाई यो समाजको उदाहरण कसरी बनाउने भनेर । अब दुई-चार वर्ष आमाले पढ्न भनेको पनि गाली गरेको झैँ लाग्नेछ । किनकि, पढाइको महत्व तिमीहरुलाई थाहा छैन । तर उमेर बढ्नेछ, तिमीहरु ठूला हुनेछौं । आठ-दश कक्षामा जाँदा पढाइसँगसँगै अन्य कुरामा तिमीहरुको ध्यान जान सक्नेछ ।
तिमीहरुको किशोर अवस्था र वरपरको वातावरण 
प्रिय छोरीहरु, समयले तिमीहरुलाई किशोर अवस्थामा लैजानेछ । तिमीहरुको आवाजदेखि शरीरसम्ममा परिवर्तन आउनेछ । तिमीहरुलाई लाजशरम पनि लाग्नेछ । यो परिवर्तनलाई लुकाउन सक्नेछैनौ । यो सँगसँगै तिमीहरुको भित्री स्वभावमा परिवर्तन आउनेछ । केटाको केटीप्रति, केटीको केटाप्रति आकर्षण बढ्ने समय आउनेछ । यो स्वाभाविक पनि हो । तर, धेरैले यही उमेरमा आफ्नो भविष्य बिगारेका कैयौँ उदाहरणहरु छन् । त्यसैले यसबाट सतर्क रहनू । यस परिस्थितिमा तिमीहरु बिग्रनेछैनौ । आफ्नो पढाइ र चरित्रलाई सधैँ ख्याल गर्नेछौ । बाबाको इज्जत राख्नेछौ । यही स्कुल अवधिमा पढाइका साथै एक्स्ट्रा एक्टिभिटिजमा भाग लिनेछौ । राम्रो नृत्य सिक्नेछौ । जो मेरा छोरीहरु नाचेको हेर्न चाहन्छन् र चाहन्थे, स्कुलमा मेरा छोरीहरु सारै राम्रा, परिश्रमी, मेहनती छन् भन्ने देख्न चाहन्थे, तिनीहरुको यो इच्छा शायद पूरा गराउनेछौ ।
तिमीहरुको भविष्य
एसएलसीलाई आइरन गेट भन्ने गर्छन् । मेरा छोरीहरु, यो गेट इजिली पास गर्नेछौ । मेरो चाहना छ, तिमीहरु राम्रो बुद्धि लिएर यो गेटबाट निस्कनेछौ । तिमीहरुको आआफ्नो इच्छा होला के बन्ने भन्नेमा । जे बन, त्यसमा मेरो कुनै गुनासो रहनेछैन । तर, तिमीहरु समाजको असल मान्छे बन । समाजले तिमीहरुको उदाहरण देओस् । डाक्टर, इन्जिनियर, अफिसर, पत्रकार या हाउसवाइफ जे बने पनि बन, तर राम्रो मान्छे बन । तिमीहरु आफ्नो पेशामा राम्रो मान्छे भएनौ भने डाक्टर, इन्जिनियर वा राजनीतिज्ञ बने पनि समाजबाट केही पाउनेछैनौ । त्यसैले असल मान्छे बन्नू । तिमीहरु आफैँ नारी भएकोले नारी सशक्तीकरणमा तिमीहरुको ठूलो हात रहोस् । किनकि, नेपालमा नारीहरु पुरूषको दाँजोमा अझ कमजोर नै छन् ।
मेरा छोरीहरु, स्वास्थ्य सेवा अहिले व्यापारीकरण भइसकेको छ । तिमीहरुको पालामा झन् यसले ठूलो विकृतिको रुप लिइसकेको हुनेछ । ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा
नानीहरु, म डाक्टर भएकाले के अनुभव छ भने, यो क्षेत्रमा धेरै कठिनाइ भए पनि इमानदार भएर काम गर्ने हो भने जनताको सेवा पनि हुन्छ अनि इज्जत र सम्मान पनि पाइन्छ । तिमीहरुको बाबा डाक्टर भएर समाजसेवामा लाग्यो । तर, केही सपना अधुरै रहने भए, जसलाई तिमीहरुले साकार पार्नेछौ । तिमीहरुले दीनदुःखीको सेवामा जीवन समर्पित गर्नेछौ, ता कि तिमीहरुको उपस्थितिमा असहाय, गरीब तथा सबै थरीका मान्छे खुशी होऊन् । सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो, नानीहरु ! यस्तो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । यो त मन जितेर लिने कुरा हो ।
तिमीहरुले चिकित्सा सेवाबाट वञ्चित रहेको समाजमा गएर सेवा गर्नू । शहरमा त जोकोही बसेर सेवा दिइरहेका हुन्छन्, तर दुर्गम र विकटमा कोही जान चाहँदैनन् । मेरा छोरीहरु, स्वास्थ्य सेवा अहिले व्यापारीकरण भइसकेको छ । तिमीहरुको पालामा झन् यसले ठूलो विकृतिको रुप लिइसकेको हुनेछ । ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । गरीब अझ गरीब हुनेछन् । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।
तिमीहरुको यौवन, विवाह र दाम्पत्य जीवन 
प्रिय छोरीहरु, समयले कसैलाई पर्खेर बस्दैन । समयसँगै तिमीहरु किशोर अवस्था पार गरेर युवावस्थामा जानेछौ । यो परिवर्तन तिमी-हामीले रोकेर रोकिनेछैन । पढाइको क्रम सकिएर वा हाइयर एजुकेसन लिइरहेको बेला तिमीहरुलाई कुनै साथी मन पर्ला, जोसँग जिन्दगी राम्रो हुनेछ भन्ने सोच्नेछौ । त्यो नराम्रो कुरा पनि होइन । म जीवित भएको भए पनि स्वीकार गर्ने थिएँ । त्यसलाई तिम्रो बाबाले कहिल्यै अन्यथा लिने थिएन । तर समय खराब छ । तिम्रो जीवनसाथी त्यस्तो हुनुपर्छ जसले तिमीलाई बुझ्न सकोस् तिमीले उसलाई बुझ्न सकौ । फ्युचरको प्लान मिलेको होस् । जीवनभरि एकले अर्कालाई दुःख र सुखमा साथ दिन सकौ । विवाह कोसँग गर्ने भनेर चयन गर्ने अधिकार तिमीहरुमा हुनेछ । निर्णय धेरै सोचविचारबाट गर्नू । प्यार गर्नु नराम्रो कुरा होइन । त्यसलाई माया गर्नु जसबाट बाँकी जीवन सुखमय होस् ।
हेर न, तिमीहरुकी ममी र मैले लभ म्यारिज सीडीओ कार्यालयमा गरेका हौँ । हामीले एकअर्कालाई खोजेका हौँ । दुर्भाग्य, मैले उनलाई लामो समय साथ दिन सकिनँ ।
जे होस्, तिमीहरुले हाम्रो च्वाइसमा पनि थोरै ध्यान दिनेछौ । परिवारको सल्लाहलाई पनि नजरअन्दाज गर्नेछैनौ । मेरो मतलब, तिमीहरुले आफ्नो मायालाई कुर्बानी दिनुपर्छ भन्ने होइन । इच्छा, चाहना, आकाङ्क्षा अनुसार चल्नू । तिमीहरुको मनले जे राम्रो मान्छ त्यसलाई मान्नू, तर समाजलाई अपच हुने कुरा नगर्नू । किनकि, बस्नु यही समाजमा छ ।
तिमीहरु ठूला हुने बेलासम्म यो समाज धेरै परिवर्तन भइसक्नेछ । मेरा छोरीहरु, तिमीहरु यो समाजको रुढिवादलाई पछि पार्दै आधुनिक समाजमा उदाहरण बन्नेछौ । जसरी हामीले पनि आफ्नो पालामा सीडीओको अफिसमा गएर विवाह गरेका थियौँ, दाइजो र जन्ती लगेर, ठूलो भतेर गरेका थिएनौँ । हाम्रो विवाहमा पार्टी भएको थिएन । यसबाट मेरा इष्टमित्रहरु खुशी थिएनन् । तर, समयसँगै सबै ठीक भएर गयो ।
छोरीहरु, यो कुरा मैले किन लेखेको भने, तिमीहरु यो उमेरमा पुग्नुभन्दा धेरै अघि मैले यो धरतीलाई छाडिसकेको हुनेछु ।
तिमीहरुलाई माया गर्ने,
बाबा