चारैतिर पहाडले घेरिएको अनि उत्तर पूूर्वतिर सिस्ने हिमालले लुकामारी खेलिरहेको पर्यटकीय गाउँ रुकुुमकोटको बीचैमा एक प्राकृतिक ताल छ– कमल दह । पर्या र साहसिक पर्यटनको हिसाबले निकै महत्व बोकेको कमल दह झण्डै तीन वर्गकिमिमा फैलिएको छ ।
पौराणिक कथाअनुुसार कुुटुन्बुुरीको धार्मिक आस्थाले पनि प्रसिद्धी कमाएको कमल दहको पानी सफा र निलो छ । कतै मुुहान पनि नदेखिने तर पानी सुुकेर पनि नघट्ने कमल दहको अनौठो विशेषता हो । सधैं कञ्चन पानीको छाल अनि गृष्ममा फुल्ने कमलको मनमोहक आकर्षणले पर्यटकको मन लोभ्याउँछ । साहसिक खेल ट्रायोथलनको लागि स्विमिङ, डुङ्गा बिहार गर्न सकिने कमल दह निकै आकर्षक छ ।
दाङको घोराहीदेखि १ सय ३९ किलोमिटरको सडक दुुरीमा पर्ने रुकुुम खलंगा अनि खंलगादेखि पूूर्वतर्फ मध्यपहाडी लोकमार्ग हुुँदै ३० किलोमिटर सडक दुुरी पार गरे पर्यटकीय गाउँ रुकुुमकोट पुुग्न सकिन्छ । समुुन्द्री सतहदेखि झण्डै १ हजार सात सय मिटर उँचाइमा पर्ने रुकुुमकोट सुुन्दर पर्यटकीय क्षेत्र हो । वि.सं. २०१८ देखि २०३० बैशाखसम्म रुकुुमको सदरमुुकामसमेत रहेको रुकुुमकोट ऐतिहासिक स्थल पनि हो । सानीभेरी नदीको दक्षिण पूूर्वतिर अवस्थित रुकुुमकोटमा सात सय वर्ष पहिलेदेखि गौतमहरुले बसोबास गर्दै आएको भनाई छ ।
राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन मध्यपहाडी लोकमार्गले छोएको रुकुुमकोटमा अवस्थित कमल दह पर्या र साहसिक पर्यटनको आकर्षण केन्द्र भएको ट्रायोथलन खेलका लागि रुकुुमकोट पुुगेका ट्रायोथलन प्रशिक्षक दीपक भण्डारीले बताए । पर्यासँगै साहसिक खेल ट्रायोथलन र माउन्टेन बाइकलगायत अन्य साहसिक खेलका लागि कास्कीपछि रुकुुमकोट उपयुुक्त स्थान भएको उनको भनाई छ ।
प्रचार प्रसार र संरक्षणको अभावमा पर्या पर्यटनको आधार कमल दह अझैं बेखबर जस्तै बनिरहेको स्थानीयबासीको भनाई छ । सडक, सञ्चार र विद्युुत अनि घरबास कार्यक्रम व्यवस्थित हुुन नसक्नु र विकासका पूर्वाधारहरुको निर्माण नहुनु यहाँको मुख्य समस्या हो । स्थानीय तहमा जिविसले पर्यटनको लागि निकै सक्रियता देखाए पनि पर्यटनसम्बद्ध निकाय पर्यटन बोर्ड, टान, हानजस्ता संस्थाले रुकुुमको पर्यटन प्रवद्र्धनका लागि चासो नदेखाएको स्थानीयको गुुनासो छ । वर्षातको पानीले माटो बगाएर दहमा जाने र दहमा उम्रने झ्याउ झारले तालको सुन्दरतालाई बिगार्ने गरेको स्थानीय बताउँछन् ।
स्थानीय निकाय जिल्ला विकास समितिको नेतृत्वमा रुकुुमकोट कमलदह महोत्सव गएको बैशाखमा सम्पन्न भएको थियो, महोत्सवको माध्यमबाट रुकुुमकोटको पर्यटन प्रवद्र्धनका लागि पहल गरिएको स्थानीय विकास अधिकारी भरत शर्मा बताउनुुहुुन्छ, स्थानीय निकायको श्रोत साधनबाट ताल संरक्षण, मन्दिरको सम्वद्र्धन र प्रवद्र्धनात्मक कामसंगै महोत्सवको आयोजना गरेर सम्बद्ध निकायहरुको ध्यान आकषर््िात गरेको उहाँले बताउनुु भयो ।
पर्यटन सम्बद्ध निकायहरु राजधानी आसपासमा केन्द्रित हुुनाले राजधानी बाहिरका पर्यटकीय क्षेत्रहरुको अपेक्षाकृत विकास हुुन नसकेको रुकुमका स्थानीय विकास अधिकारी भरतराज शर्माले बताए । जिविससँग सीमित बजेट हुुने र असीमित क्षेत्रमा काम गर्नुुुपर्ने बाध्यता भएकोले पर्टयन क्षेत्रलाई एक्लै जिविसले मात्र व्यवस्थित गर्न नसकेको उनको भनाई छ । उसो त जिविस रुकुुमको पहलमा रुकुुमको पर्यटन प्रवद्र्धन गर्न जिविस बेवसाइट सञ्चालन गरिएको छ, वेसाइटमा पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारीहरु पनि राखिएका छन् ।
स्थानीय तहमा भएका पर्यटनका प्रयासलाई राज्यको उपल्लो निकायले ध्यान दिदै सडक र सञ्चारको पहँुच अनि दहको संरक्षण, सम्बद्र्धन अनि प्रवद्र्धनमा लगानी गर्न सके पर्यटन आगमनमा वृद्धि गर्न सकिन्छ ।
No comments:
Post a Comment